2026-09-14 03:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

जिल्ला प्रशासन कार्यालय दार्चुला फ्रि वाइफाइ जोन क्षेत्र घोषणा

लोकेन्द्र प्रशाद जोशी, साउन १, दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुला फ्रि वाइफाइ जोन क्षेत्र घोषणा भएको छ । मंगलबार एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जिल्लास्थित सञ्चारकर्मीहरुको उपस्थितिमा फ्रि वाइफाइ जोन भएको घोषणा गर्नुभएको हो ।

हाई स्पिड क्षमताको वाईफाइ लाइन जडान गरीएसंगै जिल्ला प्रशासन कार्यालय परिसरमा निशुल्क इन्टरनेट चलाउँन सकिने प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय नामको आइडिमा हाम्रो पेपर पासपोर्ड थिच्दा निशुल्क इन्टरनेट सञ्चालन हुने उहाँको भनाई छ । जिल्लामा उपलब्ध भएको उच्च क्षमताको इन्टरनेट लाइन जडान गरीएकोले फ्रि वाइफाइ सञ्चालन हुने सहायक प्रमुख जिल्ला अधिकारी शिबराज जोशीले बिश्वास ब्यक्त गर्नुभयो । सूचना प्रबिधिले संसार नै गाउँमा परिणत भइरहेको बेला सूचना समाचार र समाजिक सञ्जालमा जोडिनको लागि कार्यालय परिषर फ्रि वाइफाई जोन बनाइएको हो ।

देशका बिभिन्न जिल्ला प्रशासन कार्यालयहरु प्रबिधिमैत्री बनिरहेको अवस्थामा दार्चुला जस्तो बिकट र प्रबिधिको बिकासमा सुगम जिल्लाहरुको तुलनामा धेरै पछि परेको जिल्लामा समेत प्रबिधिको उच्चतम प्रयोग गर्ने प्रयास स्वरुप निशुल्क वाइवाइ जडान गरीएको सूचना अधिकारी जोशीले बताउँनुभयो । काम बिशेषले कार्यालयमा गएकाहरुले समेत फुर्सदको समयमा इन्टरनेट निशुल्करुपमा सञ्चालन गर्न सक्ने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालयमा सिसिटिभि, डिजिटल नागरीक वडापत्र लगायत प्राबिधिक उपकरणहरु समेत जडान भएर सञ्चालनमा रहेका छन ।  कार्यालय समय १० देखि ५ बजेसम्म सेवाग्राहीले जिल्ला प्रशासन कार्यालयमा निशुल्क इन्टरनेट चलाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ