२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटका ६ स्थानीय तह अझै बैंकविहीन

२०७५, १ श्रावण मंगलवार १८:०४

साउन १, कालिकोट | गत वर्ष भदौंमा नेपाल राष्ट्र बैंकले स्थानीय तहमा राष्ट्रिय ‘क’ वर्गका बैंकका शाखा विस्तारका गर्न निर्देशन दिएको भएपनि कालिकोटका अधिकांश ६ वटा स्थानीय तहमा बैंकहरू शाखा स्थापना भएका छैनन् । कालिकोटका ३ वटा नगरपालिका ६ वटा गाउँपालिका रहेको कालिकोटमा ३ वटा स्थानीय तहमा मात्र बैंकहरू स्थापना भएका छन् ।

जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकामा सानिमा बैंक, रास्कोट ग्लोबल आइएमई बैंकले शाखा स्थापना गरेको भए पनि अन्य ठाउँमा बैंकका शाखा स्थापना भएका छैनन् । स्थानीय तहमा बैंकहरूले सेवा विस्तार नगर्दा स्थानीय तहलाई राजश्व जम्मा गर्न र कर्मचारीको तलबदेखि उपभोक्ता समितिको भुक्तानी वितरणमा सदरमुकाम आउनुपर्ने बाध्यता हटेको छैन ।  स्थानीय तहमा बैंकिङ सेवा उपलब्ध नहुँदा रकमको भुक्तानी लिन दुई दिन हिँडेर सदरमुकाम नै पुग्नुपर्ने बाध्यता रहेको नरहरीनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर बिष्टले बताए । ‘गाउँपालिकामा बैंक नहुँदा गाउँबाट हिडेर सदरमुकाममा आउनुपर्ने बाध्यता रहेको छ ।’ उनले भने, ‘गाउँमा नै बैंकको स्थापना भएको भए उपभोत्ता समिति र राजश्व लगायतका काम गर्न सजिलो हुने थियो ।’ स्थानीय तहमा बैंकहरू स्थापना नहुँदा सामान्य बैकिङ कारोबार गर्नका लागि सदरमुकाम नै धाउनुपर्ने बाध्यता रहेको पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले बताए ।

‘बैंकहरूले राष्ट्र बैंकले दिएको निर्देशन नमान्दा बैंकहरूका शाखा स्थापना हुन सकेका छैनन् ।’ उनले भने, ‘गाउँमा बैंक नहुँदा निकै समस्या भएको छ ।’ बैंकहरू गाउँमा नहुदाँ सदरमुकामबाट करोडौं रुपैयाँ बोकेर गाउँ जानुपर्ने बाध्यता रहेको सुरक्षाको समस्या हुने गरेको तिलागुफा नगरपालिका लेखापाल नरदल बुढाले बताए । ‘सदरमुकामबाट करोडौं बोकेर गाउँमा जानुपर्छ ।’ उनले भने, ‘पैसा बोकेर गाउँमा जाँदा सुरक्षाको समेत समस्या रहेको छ ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने