२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कर्णाली प्रदेशसभामा चार विधेयक प्रमाणीकरण

२ श्रावण २०७५, बुधबार ०५:४०

साउन २, सुर्खेत | गत माघ २१ गते कर्णाली प्रदेशसभाको पहिलो ऐतिहासिक बैठक बसेयता दर्ता भएका १९ विधेयकमा चारवटा विधेयक प्रमाणीकरण भएका छन् । 

प्रदेश प्रमुख दुर्गाकेशर खनालले आर्थिक कार्यविधि विधेयक, २०७४, आव २०७४÷०७५ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश आकस्मिक कोष विधेयक, २०७५ र कर्णाली प्रदेशस्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधि ऐन, २०७५ प्रमाणीकरण गर्नुभएको छ । 

त्यसैगरी, कर्णाली प्रदेश स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५, कर्णाली प्रदेश विनियोजन विधेयक, २०७५, कर्णाली प्रदेश वित्तीय हस्तान्तरण व्यवस्थापनसम्बन्धी विधेयक, २०७५ र कर्णाली प्रदेश कर तथा गैरकर राजस्वसम्बन्धी विधेयक, २०७५ सभाबाट पारित भई प्रमाणीकरण हुन बाँकी रहेको प्रदेशसभा सचिवालयका निमित्त सचिव लक्ष्मण शर्माले जानकारी दिनुभयो । 

त्यस्तै, सभाबाट निर्णय भई छलफलका लागि विषयगत समितिमा पठाइएका विधेयक संख्या तीन, प्रदेश सभामा दर्ता भई टेबल भएका विधेयक संख्या चार र प्रदेशसभामा दर्ता भई टेबुल हुन बाँकी विधेयक संख्या चार रहेको निमित्त सचिव शर्माले बताउनुभयो । 

अब कर्णाली प्रदेशसभाको बैठक यही साउन ११ गते बस्ने प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य