२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा पहिरोले पुरिएर एकको मृत्यु, तीन घाइते

२ श्रावण २०७५, बुधबार ०९:३७

साउन २, पर्वत | गएरातिदेखि परेको अबिरल वर्षाका कारण पर्वतको जलजला गाउँपालिका–८ लस्ती बेरनेटामा घर माथिबाट आएको पहिरोले पुरिँदा एक किशोरको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय २६ वर्षीय विकास परियार रहेका छन् । घरभित्र सुतेका उनको पहिरोले पुरिएर मृत्यु भएको हो । राति अन्दाजी १ बजे स्थानीयवासी बमबहादुर परियारको एक तले कच्ची घर माथिबाट आएको पहिरोले बगाएको थियो । 

अबिरल वर्षाकै कारण उक्त गाउँका १५ घरमा पनि क्षति पुगेको छ । अहिले उनीहरुलाई बस्ती नजिकै रहेको फर्से धाइरिङ माविमा सुरक्षित साथ राखिएको छ । पीडित परिवारलाई तत्काल खान र बस्नका लागि जिल्ला प्रशासन कार्यालय पर्वतले राहत वितरण गरेको छ । 

त्यस्तै प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले मृतक परियारको परिवारलाई तत्काल राहतस्वरुप रु एक लाख हस्तान्तरण गर्नुभयो । 

वर्षाकै कारण जलजला गाउँपालिका–७ धाइरिङ बास्कोट बस्ने भीमलाल आचार्यको घर पहिरोले पुरिँदा तीन जना गम्भीर घाइते भएका छन् । 

घाइते हुनेमा घरमुलि भीमलाल आचार्य, तुलसीदेवी आचार्य र नारायणी आचार्य रहेका छन् । उनीहरुको उपचारका लागि धौलागिरि अञ्चल अस्पताल बागलुङमा लगिएको छ । उनीहरुको टाउको, ढाड र हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । 

त्यस्तै सोही स्थानमा रहेको लस्ती खोलाको किनारमा रहेका पाँच घरका वासिन्दा खोलाको कटानका कारण विस्थापित बनेका छन् । 

अवरुद्ध बेनी–मालढुंगा सडक सुचारु 

गएरातिदेखिको अबिरल वर्षाका कारण अवरुद्ध बनेको पर्वतको कुश्मा नगरपालिका–१ पाङस्थित मालढुंगादेखि म्याग्दी र मुस्ताङ जोड्ने मालढुंगा–बेनी सडक केहीबेर अघिदेखि सुचारु भएको छ । 

अबिरल वर्षाका कारण जलजला गाउँपालिका–८ लस्तीमा रहेका सारंगी, लस्ती, जुके र डम्डारे खोलामा आएको बाढीका कारण सडक अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालय बागलुङ, सुरक्षाकर्मी र यातायात व्यवसायीको पहलमा सडक सुचारु गरिएको प्रहरीले जनाएको छ । 

त्यस्तै सडकमा गुडिरहेको ध १ ज ५४२ नं को एक ट्याक्सी बाढीले बगाएर कालीगण्डकी नदीमा पु¥याएको छ । ट्याक्सीमा सवार यात्रु भने सकुसल रहेको ट्राफिक प्रहरी कार्यालयका सुदीप सापकोटाले जानकारी दिनुभयो । 

ठूलो वर्षा भएका कारण तत्काल सडक खुलाउन नसकिएको हो । सडक अवरुद्ध हुँदा अलपत्र परेका म्याग्दीको बेनी र मुस्ताङबाट छुटेका लामो तथा छोटो दुरीका सवारी साधन गन्तव्यतर्फ लागेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट