२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा पहिरोले पुरिएर एकको मृत्यु, तीन घाइते

२०७५, २ श्रावण बुधबार ०९:३७

साउन २, पर्वत | गएरातिदेखि परेको अबिरल वर्षाका कारण पर्वतको जलजला गाउँपालिका–८ लस्ती बेरनेटामा घर माथिबाट आएको पहिरोले पुरिँदा एक किशोरको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय २६ वर्षीय विकास परियार रहेका छन् । घरभित्र सुतेका उनको पहिरोले पुरिएर मृत्यु भएको हो । राति अन्दाजी १ बजे स्थानीयवासी बमबहादुर परियारको एक तले कच्ची घर माथिबाट आएको पहिरोले बगाएको थियो । 

अबिरल वर्षाकै कारण उक्त गाउँका १५ घरमा पनि क्षति पुगेको छ । अहिले उनीहरुलाई बस्ती नजिकै रहेको फर्से धाइरिङ माविमा सुरक्षित साथ राखिएको छ । पीडित परिवारलाई तत्काल खान र बस्नका लागि जिल्ला प्रशासन कार्यालय पर्वतले राहत वितरण गरेको छ । 

त्यस्तै प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले मृतक परियारको परिवारलाई तत्काल राहतस्वरुप रु एक लाख हस्तान्तरण गर्नुभयो । 

वर्षाकै कारण जलजला गाउँपालिका–७ धाइरिङ बास्कोट बस्ने भीमलाल आचार्यको घर पहिरोले पुरिँदा तीन जना गम्भीर घाइते भएका छन् । 

घाइते हुनेमा घरमुलि भीमलाल आचार्य, तुलसीदेवी आचार्य र नारायणी आचार्य रहेका छन् । उनीहरुको उपचारका लागि धौलागिरि अञ्चल अस्पताल बागलुङमा लगिएको छ । उनीहरुको टाउको, ढाड र हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । 

त्यस्तै सोही स्थानमा रहेको लस्ती खोलाको किनारमा रहेका पाँच घरका वासिन्दा खोलाको कटानका कारण विस्थापित बनेका छन् । 

अवरुद्ध बेनी–मालढुंगा सडक सुचारु 

गएरातिदेखिको अबिरल वर्षाका कारण अवरुद्ध बनेको पर्वतको कुश्मा नगरपालिका–१ पाङस्थित मालढुंगादेखि म्याग्दी र मुस्ताङ जोड्ने मालढुंगा–बेनी सडक केहीबेर अघिदेखि सुचारु भएको छ । 

अबिरल वर्षाका कारण जलजला गाउँपालिका–८ लस्तीमा रहेका सारंगी, लस्ती, जुके र डम्डारे खोलामा आएको बाढीका कारण सडक अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालय बागलुङ, सुरक्षाकर्मी र यातायात व्यवसायीको पहलमा सडक सुचारु गरिएको प्रहरीले जनाएको छ । 

त्यस्तै सडकमा गुडिरहेको ध १ ज ५४२ नं को एक ट्याक्सी बाढीले बगाएर कालीगण्डकी नदीमा पु¥याएको छ । ट्याक्सीमा सवार यात्रु भने सकुसल रहेको ट्राफिक प्रहरी कार्यालयका सुदीप सापकोटाले जानकारी दिनुभयो । 

ठूलो वर्षा भएका कारण तत्काल सडक खुलाउन नसकिएको हो । सडक अवरुद्ध हुँदा अलपत्र परेका म्याग्दीको बेनी र मुस्ताङबाट छुटेका लामो तथा छोटो दुरीका सवारी साधन गन्तव्यतर्फ लागेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार