२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

दगातुन्डाडा गाविसलाई साक्षर गाविस घोषणा, गाविस भित्रका ९७ प्रतिशत भन्दा वढि साक्षर

१८ फाल्गुन २०७२, मंगलवार १३:३८

कमल पौडेल /फागुन १८, बागलुङ (खर्वाङ) । बागलुङका स्थानिय विकास अधिकारी तथा जिल्ला शिक्षा समितिका अध्यक्ष भरत गौतमले शिक्षाले व्यावहार परिवर्तन गर्ने भएकोले शिक्षा व्यावहारिक हुनु पर्ने वताउनु भएको छ । विद्यार्थीका हरेक प्रतिभा शिक्षा मार्फत प्रस्फुटित हुने भन्दै विद्यालयले संचालन गर्ने विभिन्न कृयाकलापले विद्यालयको प्रतिभा वृद्धि हुने वताउनु भएको छ। आज खर्वाङमा भएको दगातुन्डाडा गाविसलाई निशुल्क तथा अनिवार्य आधारभुत शिक्षा एवं साक्षर गाविस घोषणा कार्यक्रमको उद्घाटन गर्दै गौतमले इलाका स्तरीय योजना तर्जुमा गोष्टिले प्राथमिकिकरण गरेका सम्पूर्ण योजना जिल्ला परिषद्वाट छनौट गरिएको जानकारी दिनुभएको छ।

baglung 1

त्यस्तै कार्यक्रममा सम्वोधन गर्दै सहायक जिल्ला शिक्षा अधिकारी कुश्मराज उपाध्यायले अक्षराङ्कन पद्धती विश्वकै उत्कृष्ट पद्धति भएकोले नेपालमा पनि लागु गरिएको जानकारी गराउँदै, विद्यार्थीहरुले थप मिहनेत गर्नुपर्ने वताउनु भएको छ। उपाध्यायले शिक्षा संग सम्वन्ध राख्ने सवै निकाय क्रियाशिल हुने पर्ने समेत वताउनु भएको छ। कार्यक्रममा विद्यालय निरिक्षक प्रकाश ओझा, नेपाली काग्रेसका सुवेदार रत्न वहादुर क्षेत्रि, नेकपा एमालेका रेम वहादुर भुजेल, एकिकृत नेकपा माओवादीका नारायण धिताल, राष्ट्रिय जनमोर्चाका भिमलाल पोखरेल, शिक्षा समितिका विष्णु प्रसाद भुसाल, भिमगिठे उमावि का प्राचार्य सागर खरेल, भानु उमावि ग्वालीचौरका प्राचार्य केशव खरेल, रत्नलक्ष्मी उमावि रिघा का प्राचार्य दामोदर तिमिल्सिना, त्रिभुवन उमावि का प्राचार्य ढालमणि भण्डारी, विद्यालय व्यावस्थापन समितिका अध्यक्ष को तर्फवाट खड्क देवि उमावि का अध्यक्ष निम बहादुर भुजेल, भगवति प्राविका प्रधानाध्यापक तेज वहादुर अर्याल, खड्क देवि उमाविका छात्र विसाल दर्लामी, त्रिभुवन उमावि का छात्रा निर्मला भुजेल लगाएतले शुभकामना मन्तव्य तथा प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

baglung 3

कार्यक्रममा श्रोत व्याक्ति रामानन्द कँडेलले प्रतिवेदन, शिक्षा समितिका सदस्य मित्र वहादुर पुनले कार्यक्रमको वारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रम गाउँ शिक्षा समितिका अध्यक्ष एवं गाविस सचिव तथा अध्यक्ष गिता पौडेलको अध्यक्षता, खड्क देवि उमाविका प्राचार्य एवं शिक्षा समिति सचिव वेद प्रसाद पोखरेलको स्वागत मन्तव्य तथा त्रिभुवन उमावि खर्वाङका शिक्षक कमल पौडेलको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रम दगातुन्डाडाको विभिन्न स्थान वाट आएका शिक्षा सम्वन्धि विभिन्न प्लेकार्ड वोकेको र्यालीले खर्वाङ वजारको परिक्रमा गरी त्रिभुवन उमाविमा सभामा परिणत भएको थियो ।

baglung

दगातुन्डाडाका १५ देखि ६० वर्ष सम्मको ४ हजार ५७ जनसंख्या मध्ये १२५ जना वाहेक सवै अर्थात ९७.९२ प्रतिशत मानिस साक्षर भएपछि गाविसलाई साक्षर गाविस घोषणा गरिएको हो । घोषणा सभामा विभिन्न साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो भने गाविस लाई साक्षर वनाउन योगदान गर्ने, सहयोगी संस्था, व्याक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘१२ गाउँ’ को बक्सअफिस रिपोर्ट सार्वजनिक: एक सातामा कति कमायो ? सहकारी ठगीमा रवि लामिछानेलाई पक्राउ गरिए सशक्त प्रतिवाद गर्ने विपक्षी दलको निर्णय आज एकैदिन प्रतितोला २ हजारले बढ्दै सुनको मूल्यमा नयाँ रेकर्ड कायम दक्षिण अफ्रिका महिला टी–२० विश्वकपको फाइनलमा माओवादीका अध्यक्ष प्रचण्डले बोलाए विपक्षी दलको बैठक साफ महिला च्याम्पियनसिप: आज नेपाल र भुटान तथा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा इजरायलको आक्रमणबाट हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि आजको मौसम: देशभर पश्चिमी वायुको प्रभाव रहने ७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने