कमल पौडेल /फागुन १८, बागलुङ (खर्वाङ) । बागलुङका स्थानिय विकास अधिकारी तथा जिल्ला शिक्षा समितिका अध्यक्ष भरत गौतमले शिक्षाले व्यावहार परिवर्तन गर्ने भएकोले शिक्षा व्यावहारिक हुनु पर्ने वताउनु भएको छ । विद्यार्थीका हरेक प्रतिभा शिक्षा मार्फत प्रस्फुटित हुने भन्दै विद्यालयले संचालन गर्ने विभिन्न कृयाकलापले विद्यालयको प्रतिभा वृद्धि हुने वताउनु भएको छ। आज खर्वाङमा भएको दगातुन्डाडा गाविसलाई निशुल्क तथा अनिवार्य आधारभुत शिक्षा एवं साक्षर गाविस घोषणा कार्यक्रमको उद्घाटन गर्दै गौतमले इलाका स्तरीय योजना तर्जुमा गोष्टिले प्राथमिकिकरण गरेका सम्पूर्ण योजना जिल्ला परिषद्वाट छनौट गरिएको जानकारी दिनुभएको छ।
त्यस्तै कार्यक्रममा सम्वोधन गर्दै सहायक जिल्ला शिक्षा अधिकारी कुश्मराज उपाध्यायले अक्षराङ्कन पद्धती विश्वकै उत्कृष्ट पद्धति भएकोले नेपालमा पनि लागु गरिएको जानकारी गराउँदै, विद्यार्थीहरुले थप मिहनेत गर्नुपर्ने वताउनु भएको छ। उपाध्यायले शिक्षा संग सम्वन्ध राख्ने सवै निकाय क्रियाशिल हुने पर्ने समेत वताउनु भएको छ। कार्यक्रममा विद्यालय निरिक्षक प्रकाश ओझा, नेपाली काग्रेसका सुवेदार रत्न वहादुर क्षेत्रि, नेकपा एमालेका रेम वहादुर भुजेल, एकिकृत नेकपा माओवादीका नारायण धिताल, राष्ट्रिय जनमोर्चाका भिमलाल पोखरेल, शिक्षा समितिका विष्णु प्रसाद भुसाल, भिमगिठे उमावि का प्राचार्य सागर खरेल, भानु उमावि ग्वालीचौरका प्राचार्य केशव खरेल, रत्नलक्ष्मी उमावि रिघा का प्राचार्य दामोदर तिमिल्सिना, त्रिभुवन उमावि का प्राचार्य ढालमणि भण्डारी, विद्यालय व्यावस्थापन समितिका अध्यक्ष को तर्फवाट खड्क देवि उमावि का अध्यक्ष निम बहादुर भुजेल, भगवति प्राविका प्रधानाध्यापक तेज वहादुर अर्याल, खड्क देवि उमाविका छात्र विसाल दर्लामी, त्रिभुवन उमावि का छात्रा निर्मला भुजेल लगाएतले शुभकामना मन्तव्य तथा प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा श्रोत व्याक्ति रामानन्द कँडेलले प्रतिवेदन, शिक्षा समितिका सदस्य मित्र वहादुर पुनले कार्यक्रमको वारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रम गाउँ शिक्षा समितिका अध्यक्ष एवं गाविस सचिव तथा अध्यक्ष गिता पौडेलको अध्यक्षता, खड्क देवि उमाविका प्राचार्य एवं शिक्षा समिति सचिव वेद प्रसाद पोखरेलको स्वागत मन्तव्य तथा त्रिभुवन उमावि खर्वाङका शिक्षक कमल पौडेलको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रम दगातुन्डाडाको विभिन्न स्थान वाट आएका शिक्षा सम्वन्धि विभिन्न प्लेकार्ड वोकेको र्यालीले खर्वाङ वजारको परिक्रमा गरी त्रिभुवन उमाविमा सभामा परिणत भएको थियो ।
दगातुन्डाडाका १५ देखि ६० वर्ष सम्मको ४ हजार ५७ जनसंख्या मध्ये १२५ जना वाहेक सवै अर्थात ९७.९२ प्रतिशत मानिस साक्षर भएपछि गाविसलाई साक्षर गाविस घोषणा गरिएको हो । घोषणा सभामा विभिन्न साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो भने गाविस लाई साक्षर वनाउन योगदान गर्ने, सहयोगी संस्था, व्याक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।