२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बित्थड चिर गाउँपालिकाले गर्यो मदिरा निषेध गर्ने निर्णय, बिक्री गरे जरिवाना

२०७५, ३ श्रावण बिहीबार १०:३९

सम्राट सिंह/साउन ३, बझाङ | जिल्लाको बित्थड चिर गाउँपालिकाले मदिरा निषेध गर्ने निर्णय गरेको छ । गाउँपालिकाले मदिरा सेवन ले गर्दा समाजमा झै—झगडा हुने, चोरी डकैतीका घटनामा वृद्द्दी हुने , महिला हिंसा तथा बलात्कार जस्ता घटनाहरुमा बृद्घि हुने लगायतका विभिन्न अपराधिक कृयाकलापहरु पनि मदिरा सेवन कै कारण हुने भएकाले मदिरा निषेध गर्ने निर्णय गरेको हो ।

बित्थड चिर गाउँपालिकाले गाउँ सभाबाट मदिरा निषेधित गरे पश्चात आफ्नो गाउँपालिका भित्र मदिरा बिक्री बितरण गर्नेलाई रु. २५ हजार, मदिरा सेवन गर्नेलाई रु. १० हजार जरिवाना गर्ने निर्णय समेत गरेको छ । 

जिल्लामा घट्ने अधिकांश घटनाहरु मदिरा सेवनका कारण घट्ने भएकाले बित्थड चिर गाउँपालिकाको मदिरा निषेध गर्ने निर्णय स्वागत योग्य भएको नागरिक समाजका अगुवा धर्मजंग बहादुर सिंहले बताए । चिर बित्थड गाउँपालिका जस्तै जिल्लाका सम्पूर्ण स्थानिय तहहरुले मदिरा निषेध गरी समृद्घ बझाङ बनाउन पहल गर्नुपर्ने उनको भनाइ छ । 

सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा खाद्यान्न भन्दा मदिरा बढी आयात हुने बझाङ जिल्लामा हत्या, हिंसा , चोरी डकैती, महिला हिंसा, बलात्कार जस्ता अपराधिक क्रृयाकलापहरु पनि मदिरा सेवनका कारण नै हुने गरेको जिल्ला प्रहरी कार्यालय बझाङको तथ्यांकमा उल्लेख छ । 

मदिरा सेवनको कारण समाजमा विकृति फैलिएकोले बित्थड चिर गाउँपालिका भरी मदिरा बिक्री बितरण गर्न रोक लगाइएको बित्थड चिर गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बोहराले बताए । मदिरा जस्ता समाज विकासका बाधकहरुलाई बित्थड चिर गाउँपालिकामा रोक लगाई जिल्लाको समृद्घ गाउँपालिका बनाउने उद्येश्य रहेको उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते