२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुलीमा बस र पिकअप ठोक्किँदा ७ घाइते, २ को अवस्था गम्भीर

३ श्रावण २०७५, बिहीबार १२:२२

साउन ३, सिन्धुली | बिपी राजमार्गमा बस र पिकअप बोलेरो एकापसमा ठोक्किँदा सातजना घाइते भएका छन् । 

सुनकोसी गाउँपालिका–३ रातमाटा बजारमा दुई सवारी ठोक्किँदा बसमा सवार चार र बोलेरोमा सवार तीन गरी सातजना घाइते भएका हुन् । 

सिन्धुलीतर्फबाट काठमाडौँ जाँदै गरेको सगरमाथा प्रालिको बा३ख २५४० नंको बस र काठमाडौँबाट सर्लाहीका लागि गुडेको ना४त ५२५३ नको कुखुरा बोक्ने पिकअप बोलेरो एकापसमा ठक्कर खाएको इलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीका प्रहरी निरीक्षक अशोक झाले जानकारी दिनुभयो । 

दुर्घटनामा घाइते भएकाहरुको उपचारका लागि अहिले धुलिखेलतर्फ लगिएको छ । दुर्घटनामा सिन्धुली गोलज्नोर गाउँपालिका निवासी पवन ठकुरी र फिक्कल गाउँपालिका निवासी बसका सहचालक उज्ज्वल बरालको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । 

बस र बोलेरो दुवैको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । सडकको घुम्तीमा बसले हायसलाई उछिन्ने क्रममा दुर्घटना भएको स्थानीयवासीले बताएका छन् । बिपी राजमार्गमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाइँदा दुर्घटना कमी भएको थियो । सर्वोच्च अदालतले ठूला सवारी साधनलाई पनि सञ्चालन गर्न पुरानै आदेशलाई गत असार ३१ गतेबाट निरन्तरता दिएपछि दैनिक दुर्घटना दर बढेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान