Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोट खलंगामा सिसी टिभी

२०७५, ४ श्रावण शुक्रबार ०७:३०

साउन ४, जाजरकोट | सदरमुकाम खलंगा बजारका मुख्य व्यापारिक केन्द्रमा शान्ति सुरक्षा कायम गर्न सिसी टिभी जडान गरिएको छ। भेरी नगरपालिकाको आर्थिक सहयोग र जिल्ला प्रहरी कार्यालयको समन्वयमा खलंगामा सिसी टिभी जडान भएको हो। 

खलंगा बजार सिसी टिभीको निगरानीमा रहने भएपछि स्थानीय बासिन्दा खुशी भएका छन्। सदरमुकामको तल्लो थाप्ले, ठाँटीबजार, गैरीखाली, शान्ति चौतारा लगायतका क्षेत्रमा सिसी क्यामरा जडान गरिएको भेरी नगरपलिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताउनुभयो। 

सदरमुकामभित्र दैनिक चोरी डकैती, झै–झगडा, विकृति बढ्न थालेपछि सिसी क्यामरा जडानको काम गरेको प्रमुख घर्तीले बताउनुभयो। 

नगरपालिकाको रु १० लाख आर्थिक सहयोगमा सिसी क्यामरा जोडिएको उहाँको भनाइ छ। सिसी क्यामरा जडानपछि खलंगामा हुने विभिन्न अपराध, चोरी, डकैती, झैझगडा, शान्ति सुरक्षा भंग गर्नेलगायत गतिविधिमा कमी आउने प्रहरी प्रमुख रवीन्द्रबहादुर सिंहले बताउनुभयो। 

यसैबीच जिल्ला सुरक्षा समितिले सदरमुकाम खलंगाभित्र सार्वजनिक कार्यक्रम सञ्चालन गर्न निश्चित स्थान तोकेको छ। 

समितिले तल्लो थाप्ले, ठाँटीबजार र गैरीखालीमा मात्र सार्वजानिक कार्यक्रम गर्न दिने गरी स्थान तोकेको हो। तोकेका स्थानबाहेक अन्य स्थानमा आमसभा, हडताल, प्रदर्शन, जुलुसलगायत कार्यक्रम गर्न प्रतिबन्ध लगाएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताउनुभयो। 

गृह प्रशासन सुधार कार्ययोजना २०७४ को बुँदा नं ३० अनुसार उक्त निर्णय गरेको प्रजिअ बस्नेतले जनाउनुभयो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ