Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

जाजरकोटमा पहिरोले घर पुर्दा दुईको ज्यान गयो, तीन घाइते

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन ४, जाजरकोट | अविरल वर्षापछि घरमाथिबाट आएको पहिरोले घर पुर्दा जुनीचाँदे गाउँपालिका–६ गर्खाकोट छिर्कमा घरमा सुतिरहेका दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । प्रहरीका अनुसार ५५ वर्षीया लली बुढा र उनकै नातिनी नौ वर्षीया सिर्जना बुढाको घटनास्थलमै मृत्यु भएको छ ।

घरमुली भक्तबहादुर बुढाको बिहीबार राति ११ बजेतिर सुतिरहेको अवस्थामा घरमाथिबाट एक्कासि पहिरो आउँदा उक्त घटना भएको हो ।

घरमुली भक्तबहादुर, उनकै नाति १३ वर्षीय पारस बुढा र सात वर्षीया नातिनी खिमा बुढा घाइते भएका छन् । घाइतेमध्ये अन्यको अवस्था सामान्य भए पनि खिमाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक रवीन्द्रबहादुर सिंहले बताउनुभयो ।

मृतकको शव परीक्षण र घाइतेलाई थप उपचारका लागि सदरमुकाम ल्याउने तयारी भइरहेको छ । इलाका प्रहरी कार्यालय गर्खाकोटबाट आज गएको प्रहरी टोलीले चार घण्टा लगाएर दिउँसो १ः३० बजेमात्र मृतकको उद्धार गरेको थियो । रासस