2026-09-14 07:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

चर्को पार्किङ शुल्क विवाद

साउन ४, भीमदत्तनगर | भीमदत्त नगरपालिले चर्को पार्किङ शुल्क लगाएपछि भारतीय नम्बर प्लेटका चारपाङ्ग्रे सवारी साधन आजदेखि नेपाल भित्रिएका छैनन् । 

स्थानीयवासीले नेपाली चेकपोष्ट र भन्सार जाँचअघि नै नगरपालिकाले पार्किङ शुल्क लिन अनुमति दिएको भन्दै त्यसको विरोध गरेका छन् । विवादपछि आज बिहानबाट कर संकलनको जिम्मा पाएका निर्माण व्यवसायी समस्यामा परेका छन् । 

चालू आर्थिक वर्ष २०७५÷७६ का लागि विदेशी सवारी साधनबाट कर संकलन गर्न बालाजी पवनदीप निर्माण सेवाले ठेक्का पाएको थियो । सो निर्माण सेवाका सञ्चालक लीलाधर भट्टले वार्षिक करसहित रु ३७ लाख ११ हजार नगरपालिकालाई तिर्ने गरी ठेक्का आफूले लिएको बताउनुभयो । 

भारतीय सवारी साधन नेपालतर्फ नआएपछि कर संकलन प्रभावित बनेको छ । विदेशी बस÷ट्रक पार्किङवापत रु ४२५, कार÷जीपबाट रु १४२, म्याजिकबाट रु ७१ तथा अटो÷टेम्पोबाट रु ३५ पार्किङ शुल्क लिने गरेको उहाँले बताउनुभयो । 

इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार विगतमा द्वन्द्वका बेलादेखि नै गड्डाचौकीमा कर संकलन गरिँदैआएको छ । “शुल्क संकलन गर्न थालेको १० वर्ष भइसक्यो,” निर्माण व्यवसायी भट्टले भन्नुभयो, “चालू आवमा शुल्कमा वृद्धि भएको छ ।” 

भारतीय नम्बर प्लेटका सवारी साधनलाई महेन्द्रनगरसम्म चलाउने अनुमति दिन कञ्चनपुर भन्सारले सुविधा काटने गरेपनि यहाँ पार्किङको भने सुविधा छैन । सडक कर वृद्धि गरेको भन्दै भीमदत्तनगरमा पनि विगत तीन दिनदेखि अटो रिक्सा मजदूर आन्दोलनमा छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ