२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँचीका ३ बालबालिकालाई एक लाख नगद सहयोग

२०७५, ४ श्रावण शुक्रबार ११:२६

साउन ४ गुल्मी | पौदी सेभ सोसाईटीले अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्वर १, मरेङ्ग सुन्दरपोखरीका तिन बालबालिकालाई एक लाख नगद सहयोग हस्तान्तरण गरेको छ । 

बाबुले आत्महत्या अनि आमाले पनि छाडेर गएपछि उनीहरु विचल्लीमा  परेका थिए । 


बालबालिकाको विचल्लीको खबर सञ्चार माध्यमबाट थाहा पाएपछि पौदी सेभ सोसाइटी जापानका संयोजक कृष्ण केसीको नेतृत्वमा विदेशी भुमीमा काम गरिरहेका साथै स्वदेशमा रहेका नेपालीले उक्त रकम संकलन गरेका थिए । 

सोसाइटीले बालबालिकाको पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ आफुहरुले सहयोग गरेको बताएको छ । त्यस्तै, संकलित रकम हस्तान्तरण गर्दै गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले सामाजिक उत्तरदायित्व वहन गर्ने सहयोगी सम्पुर्णलाई धन्यवाद  दिए । 

हस्तान्तरण कार्यक्रममा गुल्मी जिल्लास्थित रेसुङ्गा नगरपालिकाका मेयर, पौदी सेभ सोसाइटीका केन्द्रिय पदाधिकारी र विभिन्न पार्टीका प्रतिनिधिको उपस्थिति रहेको थियो ।  यस संस्थाले यस भन्दा पहिले तिल बहादुर जिसीलाई पनि आर्थिक सहयोग गरेको थियो ।  पौदी सेभ सोसाइटीको आह्वानमा विदेशी भुमीमा काम गरिरहेका र स्वदेश मै रहेका नेपालीले आर्थिक अवस्था कमजोर भएका दुःखी, गरिव र असक्त नेपालीलाई आफ्नो कमाईबाट केही रकम सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने