२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटको सदरमुकाम मै पानीको हाहाकार

२०७५, ५ श्रावण शनिबार ०६:२६

साउन ५, नुवाकोट । सदरमुकाम विदुर नगर क्षेत्रमा एक हप्तादेखि खानेपानीको हाहाकार मच्चिएको छ ।

पहिराको कारण पानी नआउँदा सदरमुकाम क्षेत्रका एक हजार ५०० धारामा पानी वितरण हुन सकेको छैन । रसुवाको पैरेबेँसीस्थित त्रिशूली खोलाबाट ल्याइएको पानी विदुर नगरपालिका–१० भैंसे, तिरतिरे भीरमा गत असार ३० गते पहिराले पाइप बगाएको कारण वितरण गर्न नसकिएको विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष नारायणबहादुर खनालले बताए ।

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक स्तरोन्नतिका क्रममा भित्तो काटिएका स्थानमा अविरल वर्षाको कारण पहिरो निरन्तर खस्दा पानी ल्याउन समस्या भएको विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका कार्यालय सचिव नवराज न्यौपानेले बताए । ‘हामीले पटक पटक मर्मत गरिसक्यौँ । दिनभरी मर्मत गर्यो, राति पानी पर्छ । पहिरो आउँछ । कहिले पाइप बगाउँछ, कहिले पाइप फुटाउँछ’, न्यौपानेले भने, ‘पहिरोको कारण पानीको अभाव भएको हो ।’

अविरल वर्षामा कमी नआएसम्म पानी विदुरमा ल्याउन समस्या हुने बताइएको छ । ‘सडक स्तरोन्नतिका कारण जताततै भित्ता खनिएको छ । खानेपानीको पाइप त्यही सडकको कुनाबाट ल्याइएका कारण सडकमा पहिराको समस्या आउनासाथ पानीको समस्या हुने गरेको छ’, उनले भने ।

वर्षात् लागेपछि धमिलो पानी वितरण गर्दै आएको उपभोक्ता समितिले पहिराको कारण अहिले त्यही धमिलो पानी पनि वितरण गर्न नसकेपछि उपभोक्ता स्थानीय ढुंगेधारा, खोल्साको पानी र आकाशे पानी संकलन गरी उपभोग गर्न बाध्य भएको उपभोक्ता कृष्णलाल श्रेष्ठले बताए ।

भूकम्पछि कतिपय ढुंगेधारामा पानी सुकेको तथा कतिपयमा पानीको मात्रा धेरै घटेको कारण उपभोक्ता मारमा परेका छन् । विदुर, बट्टार, इनारपाटी, ढुंगे, कोलनी गरी नगरपालिकाका पाँच वटा वडामा पानीको अभाव हुँदा १२ हजारभन्दा नागरिक प्रभावित भएका छन् । सदरमुकाम क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै आएका र भाडामा बस्दै आएका धेरै प्रभावित भएका छन् । पानीको अभाव हुँदा महँगोमा ट्यांकरको पानी किन्न बाध्य भएको विदुरका होटेल सञ्चालक रोशन भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी