२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

अपांगता भएका व्यक्तिको अधिकार माग

५ श्रावण २०७५, शनिबार ०६:४७

साउन ५, बुटवल | राष्ट्रिय अपांगता भएका व्यक्ति महासंघ नेपालले अपांगता भएका व्यक्तिका सवाललाई समावेशीकरण गर्दै लैजानका लागि प्रदेश नं– ५ को प्रदेश सरकारलाई ध्यानाकर्षण गराएको छ । 

महासंघले शुक्रबार प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापन पत्र बुझाउँदै सधैँ अरुको सहायतामा जीवनयापन गर्नुपर्ने अति अशक्त र पूर्ण अशक्त अपांगता भएका व्यक्तिका लागि प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता ज्यादै न्यून रहेको भन्दै सामान्यतय जीवन जीउन सहज हुने गरी क्रमश रु ६ सय बाट वृद्धि गरी रु पाँच हजार र रु दुई हजारबाट वृद्धि गरी रु दश हजार बनाउन माग गरेको छ । 

सर्वोच्च अदालतले विसं २०६९ मा गरेको फैसलाको कार्यान्वयनको लागि पूर्ण अशक्त अपांगता र बौद्धिक अपांगता भएका व्यक्तिको सहयोगीको व्यवस्थाका लागि आवश्यक बजेट विनियोजन गर्न र अपांगता भएका व्यक्तिको रोजगारीमा अभिवृद्धि हुने गरी तालीम र रोजगारीको सुनिश्चिततासहित बीउ पुँजी हुने गरी बजेट विनियोजन गर्न समेत माग गरिएको छ । 

त्यसैगरी अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ मा भएका व्यवस्थाका आधारमा प्रदेशस्तरमा नीति तथा कार्यक्रम तय गरी आवश्यक बजेट विनियोजन गर्न र उनीहरुले आफै रोजगार हुनेगरी व्यवसाय, संस्था, उद्योग, कम्पनी सञ्चालन गर्दा दर्ता शुल्कमा पूर्ण छुट र अन्य व्यक्तिलाई पनि रोजगारमा समावेश गर्ने भए ५० प्रतिशत छुटको व्यवस्था गर्न पनि ज्ञापनपत्रमा माग गरिएको छ । 

ज्ञापन पत्र बुझाएपछि महासंघका वरिष्ठ उपाध्यक्ष देवीबहादुर पोखरेलले प्रदेश सरकार र स्थानीय तह अहिले नीति नियम बनाउने क्रममा रहेकाले प्रदेश र स्थानीय तहका नीति निर्माण गर्दा अपांगमैत्री बनाउनका लागि महासंघले सात वटै प्रदेशमा प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको जानकारी गराउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य