२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

अपांगता भएका व्यक्तिको अधिकार माग

२०७५, ५ श्रावण शनिबार ०६:४७

साउन ५, बुटवल | राष्ट्रिय अपांगता भएका व्यक्ति महासंघ नेपालले अपांगता भएका व्यक्तिका सवाललाई समावेशीकरण गर्दै लैजानका लागि प्रदेश नं– ५ को प्रदेश सरकारलाई ध्यानाकर्षण गराएको छ । 

महासंघले शुक्रबार प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापन पत्र बुझाउँदै सधैँ अरुको सहायतामा जीवनयापन गर्नुपर्ने अति अशक्त र पूर्ण अशक्त अपांगता भएका व्यक्तिका लागि प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता ज्यादै न्यून रहेको भन्दै सामान्यतय जीवन जीउन सहज हुने गरी क्रमश रु ६ सय बाट वृद्धि गरी रु पाँच हजार र रु दुई हजारबाट वृद्धि गरी रु दश हजार बनाउन माग गरेको छ । 

सर्वोच्च अदालतले विसं २०६९ मा गरेको फैसलाको कार्यान्वयनको लागि पूर्ण अशक्त अपांगता र बौद्धिक अपांगता भएका व्यक्तिको सहयोगीको व्यवस्थाका लागि आवश्यक बजेट विनियोजन गर्न र अपांगता भएका व्यक्तिको रोजगारीमा अभिवृद्धि हुने गरी तालीम र रोजगारीको सुनिश्चिततासहित बीउ पुँजी हुने गरी बजेट विनियोजन गर्न समेत माग गरिएको छ । 

त्यसैगरी अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ मा भएका व्यवस्थाका आधारमा प्रदेशस्तरमा नीति तथा कार्यक्रम तय गरी आवश्यक बजेट विनियोजन गर्न र उनीहरुले आफै रोजगार हुनेगरी व्यवसाय, संस्था, उद्योग, कम्पनी सञ्चालन गर्दा दर्ता शुल्कमा पूर्ण छुट र अन्य व्यक्तिलाई पनि रोजगारमा समावेश गर्ने भए ५० प्रतिशत छुटको व्यवस्था गर्न पनि ज्ञापनपत्रमा माग गरिएको छ । 

ज्ञापन पत्र बुझाएपछि महासंघका वरिष्ठ उपाध्यक्ष देवीबहादुर पोखरेलले प्रदेश सरकार र स्थानीय तह अहिले नीति नियम बनाउने क्रममा रहेकाले प्रदेश र स्थानीय तहका नीति निर्माण गर्दा अपांगमैत्री बनाउनका लागि महासंघले सात वटै प्रदेशमा प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको जानकारी गराउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते