2026-09-14 07:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरको चौबीस स्थानमा सौर्य बत्ती जडान

साउन ५, कञ्चनपुर | कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ का २४ स्थानमा सौर्य बत्ती जडान गरिएको छ । रु २१ लाख रकम खर्चेर वडा कार्यालयले सार्वजनिक स्थान, मन्दिर, विद्यालय र चोकहरुमा सौर्य बत्ती जडान गरेको हो । 

वडा कार्यालयको रु १६ लाख र नगरपालिकाको रु पाँच लाख लागतमा सौर्य बत्ती जडान गरिएको वडाध्यक्ष कमल गिरीले बताउनुभयो । 

वडाका महत्वपूर्ण ठाउँमा सौर्य बत्ती जडान गरिएकाले रातिका बेला सर्वसाधारणलाई हिँडडुल गर्नमा निकै सहज भएको छ । 

राति हुनेबित्तिकै आफैँ बल्ने र दिउँसो हुनासाथ आफैँ निभ्ने गरी स्वचालित प्रणालीमा आधारित सौर्य बत्ती जडान गरिएको हो । 

रातिका बेला नजिकैको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्ती छिरेर बालीनालीमा नोक्सानी पुर्याउँदै आएका जंगली जनावरसमेत सौर्य बत्तीको उज्यालोले तर्सेर भाग्ने बताइएको छ । वडाका अन्य स्थानमा चालू आवमै सौर्य बत्ती जडान गर्ने योजना वडा कार्यालयको रहेको छ । यसअघि नगरपालिकाको वडा नं ९ मा समेत रु १० लाख रकम खर्चेर सौर्य बत्ती जडान गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ