२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हुम्लामा करेन्ट लागेर एकको मृत्यु, चार गम्भीर घाइते

२०७५, ५ श्रावण शनिबार ०८:५३

रेशमराज रोकाया/असार ५, हुम्ला | सिमिकोट गाउँपालिकाको वडा नं २ का वासिन्दा जसी भण्डारीको करेण्ट लागेर मृत्यु भएको छ । सिमिकोट र खार्पुनाथ गाउँपालिकाको लागि उत्पादन गरिएको हिल्दुम साना जलविद्युत आयोजनाबाट वितरित विद्युतको पोलबाट करेन्ट प्रवाह हुँदा उनको मृत्यु भएको हो ।


हिल्दुम साला जलविद्युत आयोजनाले दोजाम खोलाका लागि लिएको लाइनको तार ठेहे गाउँको बुकाखोला भन्ने ठाउँमा सर्ट भएपछि बाटोमा हिडिरहेकी ४५ वर्षिय भण्डारीको ज्यान गएको छ भने स्थानिय कर्ण बोहोरा, धान्नपुरी बोहोरा, कुसुम बोहोरा, देवकी बोहोरा लगायतका ४ जना  सख्त घाइते भएको ठेहेबाट स्थानीय विष्णु बोहराले जानकारी दिएका छन् । घाईतेको उपचार अहिले जिल्ला अस्पताल सिमिकोटमा भईरहेको छ । विद्युतको तार चुँडिएर नजिकै रहेको रुखमा खसेको थियो | रुख जलेर भुईमा लत्रिएको अवस्थामा खेतमा काम गर्न जादै गरेकी भण्डारीको करेन्ट लागेर मृत्यु भएको आफन्तजनले बताएका छन् ।

सदरमुकाम सिमकोट सहित साविकका सात गाविसमा प्रसारण लाइन वितरण गरेको ५ सय वाटको आयोजनाले वितरण गरेको लाइनको बाटोमा छरिएको तारबाट बाटोमा हिडिरहेकी भण्डारीलाई करेन्ट लागेको थियो । करेष्ट लागेर बाटोमै भएको पोलमा टाँसिएकी भण्डारीलाई समात्दा सँगै यात्रा गरिरहेका कलदरी भण्डारी घाईते भएका हुन् । सँगै रहेकी जसीलाई करेन्ट लागेर छटपटाउन थालेपछि अन्य स्थानिय वासिन्दाले नाँगो हातले छुट्याउन खोज्दा उनलाई पनी करेष्टले तानेको स्थानीय विष्णु बोहराले जानकारी दिए । करेन्ट लागेपछि त्यसबाट बच्न के गर्नु पर्छ भन्ने जानकारी नहुँदा करेन्ट लागेका कलदरीलाई जसीको ज्यान गएपछि छोडेकाले ज्यान जानबाट जोगिएको बताएका बोहराले हिल्दुम साना जलविद्युत आयोजनाको वितरण केन्द्रले लाइन बिस्तारमा लापरबाही गरेको परिणाम १ जनाको ज्यान गएको बताए । यो भन्दा अघि यस्तै लापरवाहीको कारण यस वितरण केन्द्रको करेन्टले ५ वटा गाईवस्तु मरिसकेका छन् । 

गाउँबाट आधा घण्टाको दुरीमा रहेको घटना स्थलमा अन्य कोही नहुँदा त्यस्तो घटना घटेको प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक रविन श्रेष्ठले बताए । हिजो बेलुका भएको घटनाको सत्य तथ्य बुझ्नको लागि र पोष्टमार्टम गर्नको लागि शवलाई सिमिकोट स्थित जिल्ला अस्पताल सिमिकोटमा ल्याईएको छ । 

पोष्टमार्टम पछि पिडित पक्षलाई क्षतीपुर्ती दिनको लागि समेत तयारी भईरहेको प्रहरी कार्यलय स्रोतले जानकारी गराएको छ । पिडित पक्ष र स्थानिय प्रशासनको विच ४ बुँदामा सहमती भएको प्रहरी प्रमुख विष्णु बहादुर सिँहले बताउनु भयो । मृतकको परिवारलाई नियमअनुसार क्षतीपूर्ती उपलव्ध गराउने, घाइतेलाई उपचार गर्ने लगायतको बुँदामा सहमती भएको सिँहले बताउनु भयो । उता क्षतीपूर्ती कम भएको भन्दै मृतकका केही आफन्तले शवलाई बुझ्नको लागि मानिरहेको छैनन् । घटनालाई मध्येनजर गर्दै स्थानिय प्रशासनले सुरक्षा व्यवस्था कडाई गरेको छ । समाचार संकलनको लागि गएका पत्रकारलाई समेत वार्तास्थलमा प्रवेश रोक लगाईएको थियो । 

विद्युत प्राधिकरणले विस्तार गरेको विद्युत लाईनलाई व्यवस्थित गर्न नसक्दा यस्तो घटना हुने गरेको छ । विद्युतका खम्बा राम्ररी नठड्याई बाँगिने र विद्युत प्रवाह भएको तारले जमिनसम्म छुने अवस्था अझै धेरै ठाउँमा रहेको छ । विद्युत प्राधिकरणको कर्मचारीलाई पनि यसको कुनै हेक्का नै नगरी काम गरिनु दुर्भाग्य हुँदै आएको छ । बेला बेलामा प्राविधिक ज्ञान नहुँदा घटना हुने गरेको र विद्युतको नियमितता हुन नसक्नुले हुम्ली ग्राहकले बेला बेला सास्ती भोग्दै आईरहेको छन् । हाल १ हजार ६ सय उपभोक्ता रहेका उपभोक्तालाई विद्युतको अभाव साउनको महिनामा नभए पनि अन्य महिनामा ८ देखी १० घण्टा लोडसेडिङ्गको मार खेप्दै आईरहेको छन् । ग्रामिण वस्तीमा विस्तार गरिएको विद्युतको बेला बेलामा अनुगमन र निरिक्षण नहुँदा स्थानियले ज्यानै गुमाउनु पर्ने अवस्था रहेको छ । विद्युतका तार जमिन सम्म छुने गरी विस्तार गरिनु, बेला बेलामा मर्मत सम्भार नगरिनुले पनि समस्या झनथपिने अवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ