२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

नेपालमै ८० प्रतिशतलाई रोजगार दिने कलेज

७ श्रावण २०७५, सोमबार ०७:२४

साउन ७, विराटनगर | मेरिल्याण्ड कलेज विराटनगरमा अध्ययनरत ७६ छात्रछात्रा स्नातक तह बजार व्यवस्थापन (बिबिएम) विषयको उपाधिका साथ दीक्षित भएका छन् । 

बेलायतको ब्लभरह्याम्टन विश्वविद्यालयवाट सम्बन्धनप्राप्त सो कलेजले चार वर्ष अध्ययन अभ्यापनपछि आइतबार साँझ यहाँ विद्यार्थीलाई दीक्षित गराएको हो । दीक्षित हुनेमा ४० छात्रा छन् । यसअघि आयोजित पत्रकार सम्मेलनमा विश्वविद्यालयका उपकुलपति जिअफ लेयरले कलेजबाट उत्पादित जनशक्ति विश्व बजारमा सहज र सरल किसिमले खपत हुने बताउँदै सन् २००२ देखि नेपाली विद्यार्थीलाई विश्वस्तरीय शिक्षा प्रदान गर्न पाएकामा खुशी व्यक्त गर्नुभयो । विश्वविद्यालयका केल्भीन नेजीले दीक्षित विद्यार्थीबाट विश्व बजारमा नेपाल र नेपाली विद्यार्थीको गरिमा बढ्ने बताउनुभयो । 

इनोभेट नेपाल ग्रुपका सुलभ बुढाथोकीले व्यवस्थापनमा मुलुकलाई आवश्यक पर्ने दक्ष जनशक्तिको उत्पादन गर्ने उद्देश्यले कलेज स्थापना गरिएका बताउनुभयो । कलेजका प्रमुख भेषराज पोखरेलले कलेजले विद्यार्थीलाई आवश्यक पर्ने ज्ञान हासिल गर्नका लागि बेलायत र थाइल्याण्डसमेत पठाउने गरेको जानकारी दिनुभयो । 

विश्वविद्यालयका डा गुरमुक सिंहले सीप तथा दक्षता हासिल गर्ने कार्यमा बेलायत र नेपाली विद्यार्थीमा कुनै भिन्नता नरहेको बताउनुभयो । कलेजले चार वर्षअगाडि सञ्चालन गरेको बिबिएम विषयमा दीक्षित हुने विद्यार्थीमा ८० प्रतिशतले रोजगार प्राप्त गरेका छन् । कलेजमा अध्ययनरत ३०० विद्यार्थीमा १० प्रतिशत भारतीय छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने