२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

शारीरिक सम्बन्ध राख्न नमानेपछि प्रेमिकाको हत्या, हत्या पछी गाडे

२०७५, ७ श्रावण सोमबार १३:१६

साउन ७, वीरगन्ज | शारीरिक सम्बन्ध राख्न नमानेपछि पर्सामा एक युवतीलाई उनकै प्रेमीले हत्या गरेको पर्सा प्रहरीले जनाएको छ । 

भारत बगहा घर भई हाल पर्साको जगरनाथपुर गाउँपालिका–४ बस्दै आएकी १८ वर्षीया बनिताकुमारी चौधरीको हत्या उनकै प्रेमी सोही ठाँउमा बस्ने प्रमेन्द्र चौधरीले गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

गत असार २८ गते दिउँसो १ बजे प्रमेन्द्रले बनितालाई भलुवाही खोला नजिकको खयरबारीमा भेट्न बोलाएका थिए । प्रेमी प्रमेन्द्रलाई भेट्न पुगेकी बनितासँग शारीरिक सम्बन्ध राख्न गरेको प्रस्तावलाई बनिताले नमानेपछि प्रमेन्द्रले बनिताको घाँटीमा सल बेरेर हत्या गरेका थिए । 

हत्या पश्चात प्रमेन्द्रले बनिताको शब घिसारेर खोला किनारमा लगि खाल्डोमा गाडेको पर्साका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रेवती ढकालले बताउनुभयो । 

प्रहरीले प्रमेन्द्रलाई उनकै घरबाट पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते