साउन ७, पर्वत । बालिकालाइ जवरजस्ती करणी गरेको अभियोगमा प्रधानाध्यापक पक्राउ परेका छन् । पर्वतको फलेवास नगरपालिका ६ मा रहेको माझीगाउँ आधारभूत विद्यालयका प्रधानाध्यापक खिल प्रसाद पौडेल विद्यालयमा रहेका बालिका माथि जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका हुन् ।

उनले तीन जना विद्यार्थीमाथि जबरजस्ती करणी गरेको उजुरीका आधारमा पक्राउ गरी अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

बालिकाहरुलाई धम्काइ फकाइ जवरजस्तीकरणी गर्ने गरेको पीडित पक्षले बताएका छन् । ६ देखि १२ बर्ष उमेर समुहका बालिकाहरुलाइ जवरजस्ती गर्दै आएरहेको बताइएको छ ।

July 23, 2018
पर्बत - PBT, समाज
जवरजस्ती करणीको आरोपमा प्रधानाध्यापक पक्राउ
By साझासवाल
2 मिनेट पढाइ