पढ्न करिब 1 मिनेट लाग्छ

साउन ७, बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको बर्दघाट नजिकै दाउन्नेको एसमोडमा ट्रक पल्टिँदा सडक अवरुद्ध भएको छ ।

पूर्वबाट बुटवलतर्फ आइरहेको ना ६ ख ६०१४ नंम्बरको ट्रक सडकको बीच भागमै पल्टिएपछि सडक अवरुद्ध भएको हो ।

सोमबार साँझ ७ बजेतिर ट्रक पल्टेको हो । दुर्घटनामा मानवीय क्षति भने नभएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

ट्रकलाई सडकबाट हटाउन दुर्घटनास्थलमा अझै क्रेन पुगि नसकेकाले सडक खुल्न केही घण्टा लाग्ने ट्राफिक प्रहरीले जनाएको छ ।