पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>साउन ७, भीमदत्तनगर । </b>खाल्डोमा जमेको पानीमा डुबेर कञ्चनपुर महाकाली नगरपालिका–१ डाँडा टोलका आठ वर्षीय अस्मित सुनारको आज मृत्यु भएको छ । </p><p>महाकाली नदी किनारमा रहेको खाल्डोमा नुहाउने क्रममा डुबेर स्थानीय शंकर सुनारका छोरा अस्मित बेहोस भएका थिए । उनको उपचारका क्रममा दोधारा चादँनीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दोधारा चादँनीका प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । (रासस)</p>

