२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

सप्तरीका पत्रकार खतिवडाको निधनप्रति दुःख व्यक्त

२०७५, १० श्रावण बिहीबार ०३:५४

साउन १०, राजविराज (रासस) | नेपाल पत्रकार महासंघ शाखा सप्तरीले वरिष्ठ पत्रकार रामप्रसाद खतिवडाको असामायिक मृत्युप्रति दःुख व्यक्त गरेको छ । 

महासंघका कार्यवाहक अध्यक्ष श्यामसुन्दर यादवद्वारा आज जारी विज्ञप्तिमा माइक्रो बस दुर्घटनामा परी राजविराज–७ निवासी ७२ वर्षीय वरिष्ठ पत्रकार खतिवडाको मृत्युप्रति दुःख व्यक्त गरिएको हो । उपचारको क्रममा पत्रकार खातिवडाको बुधबार निधन भएको थियो । 

पाँच दशकदेखि पत्रकारिता क्षेत्रमा रहेर सप्तरीको पत्रकारिताको विकासमा उहाँले पुर्याउनुभएको योगदान एवं अभिभावकत्व स्मरणीय रहेको भन्दै महासंघ सप्तरीले शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनी कामना गरेको छ । 

यस्तै प्रदेशसभा सदस्य गोविन्द न्यौपानेले वरिष्ठ पत्रकार रामप्रसाद खतिवडाको सवारी दुर्घटनामा परी मृत्यु भएको दुःखद् खबरले स्तब्ध तुल्याएको बताउनुभएको छ । 

प्रदेशसभा सदस्य न्यौपानेद्वारा बुधबार जारी विज्ञप्तिमा प्रेस चौतारी नेपालका संस्थापकसमेत रहनुभएका खतिवडाले लोकतान्त्रिक र बामपन्थी आन्दोलनमा पु¥याएका योगदान अविस्मरणीय भएको उल्लेख गर्नुभएको छ । स्व खतिवडाका पत्नी राधा देवी खतिवडा, छोरा गिरिन्द्रराम खतिवडा र दुई छोरी हुनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते