२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनकुटा - DNK

धनकुटामा एक युवकले छुरा प्रहार गरी आफ्नै साथीको हत्या गरेपछि…

२०७५, १० श्रावण बिहीबार ०८:२१

साउन १०, धनकुटा । साँगुरीगढी गाउँपालिका–६ भेडेटारस्थित कार्कीछापमा आज बिहान छुरा प्रहार गरी एक युवकको हत्या भएको छ ।

साँगुरीगढी गाउँपालिका–६ का १८ वर्षीय सुरज राईको सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका–६ चक्रघट्टीका १९ वर्षीय निशान लिम्बूले छुरा प्रहार गरी हत्या गरेका हुन् ।

भेडेटामा रहेको एभरेष्ट होटल एण्ड लजमा कार्यरत मजदुर राई र लिम्बूबीच एकअर्कामा विवाद हुदाँ लिम्बूले छुरा प्रहार गरी राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुरेन्द्रबहादुर गुरुङले बताए । राईको हत्या गर्नुको कारण खुल्न सकेको छैन ।

होटल संचालक नभएको अवस्थामा उनीहरुबीच विवाद भएको थियो । लिम्बूले टाउकोमा छुरा प्रहार गर्दा राईको घटनास्थलमा ज्यान गएको प्रहरीले बताएको छ । घटना पश्चात् फरार रहेका लिम्बूलाई भेडेटार बजारबाट प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनकुटा ल्याउने तयारी भैरहेको एसपी गुरुङले बताए ।

मृतकको लासलाई पनि आजै धनकुटा ल्याएर जिल्ला अस्पताल धनकुटामा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते