२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

आगो नियन्त्रणका लागि रिजर्भ ट्यांकी र अग्नि नियन्त्रक उपकरणको अभाव

११ श्रावण २०७५, शुक्रबार ०४:५७

साउन ११, ललितपुर | आगलागी तुरुन्त नियन्त्रणका लागि नगरका भित्री भागमा पानी राख्ने ट्यांकी अग्नि नियन्त्रक उपकरणको व्यवस्था हुन सकेको छैन । 

महानगरको नागबहालमा मात्रै यस्तो सुविधा भएपनि नगरका अधिकांश भाग आगलागीको जोखिम रहेको नगर प्रहरी प्रमुख कदमलाल महर्जनले बताउनुभयो । 

“दमकल छिर्ने बाटोसमेत नभएका यी स्थानमा त्यस्ता उपकरणको व्यवस्थासहित स्थानीयवासीलाई तालीम दिनसके आगलागी नियन्त्रणमा आउन सक्छ । ” उहाँले भन्नुभयो, “आगलागी नियन्त्रण समयमै हुँदा ठूलो धनजनको क्षति हुनबाट जोगाउन सकिन्छ तर त्यसको व्यवस्थापन गर्न नसकिएकाले हिउँदमा आगलागीको जोखिम हुन्छ ।” 

साँघुरो बाटोका कारण नगरका भित्री भागमा दमकल लैजान कठिन रहेको प्रमुख महर्जनले बताउनुभयो । चोकको भित्र आगलागी हुँदा गाडीलाई जाने ठाउँसम्म लगेर त्यहाँबाट रोलिङ गर्दै लानुपर्छ । रोलिङ घर माथिबाट आगो लागेको स्थानसम्म पुर्याउँदा बढी समय लाग्ने र क्षति बढ्ने भएकाले स्थानीयस्तरमा नै अग्नि नियन्त्रक उपकरण हुँदा सजिलो र चाँडो हुन्छ ।” 

केही वर्ष पहिले जापानी सहयोग नियोगले रिजर्भ ट्यांकी निर्माण र अग्नि नियन्त्रक उपकरणको खरीदका लागि आर्थिक र प्राविधिकरुपमा सहयोग सहित स्थानीयवासीलाई आगो नियन्त्रणको उपायसमेत सिकाएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य