४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा सिधा यातायात सुरु भएपछि गाडी भाडा घटाइयो

१८ मंसिर २०७२, शुक्रबार ०६:२८

मंसिर १८, खोटाङ । काठमाडौँलगायत तराईका
जिल्लासँग सिधा यातायात सेवा सुरु भएपछि खोटाङमा गाडी भाडा घटाइएको छ ।
जयरामघाटमा जडान गरिएको
अस्थायी बेलिब्रिज सञ्चालनमा आएसँगै सिधा यातायात सेवा सुरु भएपछि लामो दूरीका सवारी साधनको भाडा
घटाइएको हो ।

थोरै भए पनि जिल्लावासीलाई राहत दिलाउने
उद्देश्यले दिक्तेल–काठमाडौँ, दिक्तेल–कटारीलगायत लामो दूरीमा सञ्चालन हुने सवारी साधनको भाडा घटाएको
यातायात व्यवसायी सङ्घ, खोटाङका महासचिव राजकुमार राईले बताए । राईका अनुसार अब दिक्तेलबाट काठमाडौँ
जानका लागि एक हजार पाँच सय रूपैयाँ भाडा लाग्नेछ ।

यसअघि एक
हजार ६ सय लिने गरिएकोमा एक सय रूपैयाँ घटाएको यातायात व्यवसायी सङ्घले जनाएको छ । यस्तै दिक्तेलबाट
कटारी जानका लागि रु एक हजार लाग्ने छ ।

यसअघि दिक्तेलबाट
कटारीसम्म पुग्नका लागि एक हजार एक सय २५ लिने गरिएको थियो । जिल्लाबाट काठमाडौँका लागि बिहान, दिउँसो र
बेलुका गरी दैनिक तीनवटा गाडी छुट्ने गरेको छ । प्रत्येक गाडीमा पहिलेको तुलनामा तीन हजार चार सय भाडा
घटाइएको महासचिव राईले जानकारी दिए ।

जिल्लामा खोटाङ यातायात
व्यवसायी सङ्घका ३४ वटा बस र नौवटा जिप सञ्चालनमा छन् । जिल्लाका अन्य ठाउँमा सञ्चालन हुने सवारी साधनको
समेत भाडा घटाउने तयारी भइरहेको महासचिव राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ