२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा नयाँ रिसोर्ट बन्ने

१२ श्रावण २०७५, शनिबार ०६:०७

साउन ११, काठमाडौँ | ऐतिहासिक, धार्मिक तथा भौगोलिक सम्पदाले युक्त नुवाकोटमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्ष्य गरेर ग्रिनल्याण्ड रिसोर्ट एण्ड अर्गानिक फार्म हाउस स्थापनाका लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरिएको छ । 

विदुर–५, देवीघाटका समाजसेवी विष्णुप्रसाद नेपालको अध्यक्षतामा यही साउन २ गते कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौँमा दर्ता भएको सो रिसोर्ट बेलकोटगढी–२, जिलिङमा बन्नेछ । पर्यटकीय दृष्टिले गन्तव्यस्थल रहेको नुवाकोटमा भारतीय र चिनियाँ पर्यटक बढ्ने भएकाले पनि रिसोर्ट स्थापना गर्न लागिएको अध्यक्ष नेपालले बताउनुभयो । 

रिसोर्टका प्रवद्र्धकमा जग्गाधनी ठाकुर खतिवडा, केशव अर्याल, बद्रीलाल श्रेष्ठ, शिव कोइरालालगायत ३२ जना रहनुभएको छ । पासाङल्हामु राजमार्गबाट एक किमी उचाइमा बन्ने सो रिसोर्टबाट त्रिशूली र तादी नदी, देवीघाट तथा गणेश र लाङटाङ हिमाललगायत सुन्दर डाँडाकाँडा देखिने बताइएको छ । 

सुविधासम्पन्न र स्तरीय सो रिसोर्ट निर्माणको काम आगामी मङ्सिरदेखि शुरु भई बढीमा दुई वर्षमा करीब रु ३५ करोड लगानीमा सम्पन्न गरिने लक्ष्य राखिएको छ । नुवाकोटमा हाल त्रिशूली होटेल, वाटर टावर, दरबार भ्यू, रतनचुलीलगायत केही होटेल छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य