२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

यौन धन्दा गराएको भन्दै बार्गेनिङ, डिएसपी र सई मिलेर २ लाख घुस लिएको आरोप

२०७५, १२ श्रावण शनिबार १४:५१

सम्राट सिंह | साउन १२, बझाङ | जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरिक्षक (डिएसपी) र प्रहरी नायव निरिक्षक (सई) दुवै मिलेर स्थानिय होटल संञ्चालकबाट २ लाख घुस लागेको आरोप छ । जयपृथ्वी नगरपालिका ८ सिमखेतमा रहेको होटल एमडि प्लाजाका संञ्चालक सुवास जोशीबाट बझाङका  डिएसपी क्रृषिराम कडेल र मुद्घाफाट सम्हालीरहेका सई रणधिर जैसी मिलेर २ लाख घुस लगेको आरोप लागेको हो । सिमखेतमा होटल संञ्चालन गर्दै आएका सुवासलाई यौन धन्दा गराएको भन्दै जिल्ला प्रहरी कार्यालय बझाङले एक रात प्रहरी हिरासतमा राखी नगद २ लाख रुपियाँ घुस लगेर भोलीपल्ट छोडेको एक प्रहरीले ले जनाएको छ । 

विगत ९ महिना देखि होटल व्यवसाय गरिरहेका जोशीलाई प्रहरीले पक्राउ गरेपछि किन पक्राउ गर्यो भन्ने बारे स्थानियबासी को ध्यान जिल्ला प्रहरी कार्यालयमा नै केन्द्रित थियो । प्रहरी हिरासत भित्र रहेका सुवासले टेलिफोनबाट मसँग खातामा १ लाख मात्र छ प्रहरीले ५ लाखको बारगेनिङ गरेको छ, बाँकि तपाइले सापटी दिएर मलाई केश लाग्नबाट बचाउनु पर्यो भनि पटक-पटक आफ्ना साथी तथा  स्थानिय व्यापारीसँग कुरा गरेका छन् ।

प्रहरीले ५ लाख रुपियाँ दिए छोड्ने नत्र मुद्दा लगाउने भन्दै पटक — पटक धम्की दिएपछि आफुले जोहो गर्नसक्ने २ लाख घुस दिन बाध्य भएको होटल संञ्चालक जोशी बताए । सुरुमा ५ लाखबाट बारगेनिङ सुरु भएको तर आफुले यती ठूलो रकमको जोहो गर्न नसक्ने भनेपनि अन्तिममा २ लाखमा कुरा मिलेको उनको भनाइ छ । 

एक दुई जना यस्ता घुसखोरी प्रहरीले गर्दा नेपाल प्रहरी नै बदनामित हुनु परेको छ । यो घटना त नमुना मात्र हो भन्छन स्थानियहरु र बजार क्षेत्रमा जुवाको विगबिगी छ, राती हिड्ने मानिसहरु लुटिएका छन, चोरी डकैतीका घटनामा ब्रिधि भएका छन खै त यस्ता घटना नियन्त्रण गर्न प्रहरी सक्रिय भएको यो जनामानसको पश्न हो ।

यता जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी क्रृषिराम कडेलले भने यो केशको बारेमा आफुलाई केहि जानकारी नभएको र आफुले रकम पनि नलिएको बताएका छन् । उनले होटल संञ्चालक जोशीलाई अनुसन्धान पछि छोडेको जानकारी दिए । घटनाको थप अनुसन्धान गरी प्रहरीले नै जनतालाई दुःख दिएर रकम असुली गर्ने जस्ता क्रियाकलापमा सहभागी भएको आधार पुष्टि भए कडा कारबाही गरिने प्रदेश नम्बर ७ का  निमित्त प्रहरी प्रमुख एसएसपी बिक्रम चन्दले बताउँनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला