२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

एकल महिला सुत्केरी हुँदा विचल्ली

२०७५, १३ श्रावण आईतवार ११:३२

प्रेम सुनार | साउन १३, बुटवल | प्युठानमा एक एकल महिला सुत्केरी हुँदा विचल्लीमा परेकी छन । प्युठानको मालारानी गाउँपालिका वडा नम्वर ६, विजुली रावती गाउँकी कमला बिश्वकर्मा विचल्लीमा परेकी हुन् । उनका श्रीमान ३१ व्र्षिय मिनबहादुर बिश्वकर्माको नयाँ वर्ष मनाएर फर्किने क्रममा गत बैशाख १ गते रहश्यमय रुपमा मृत्यु भएको थियो ।

उनलाई  नजिकको आफ्नै  भाई पर्ने २३ वर्षिय प्रेमबहादुर बिश्वकर्माले हत्या गरी भिरबाट फालेको भन्ने मृतकका  वावु नारायण बिश्वकर्माले किटानी जाहेरी दिए पछि कर्तव्य  ज्यान मुद्धा अदालतमा पेश भई आरोपी बिश्वकर्मा अहिले पुर्पक्षका लागि कारागार चलान गरिएको प्युठनका प्रहरी प्रमुख  राजेन्द्र पोखरेलले जानकारी दिए ।

उनले भने हो, ति महिला त्यति बेला गर्भवती थिईन, श्रीमानको हत्या भएको किटानी जाहेरी दिएपछि हामीले आरोपी  प्रेमबहादुर बिश्वकर्मालाई पक्राउ गरी अदालतमा पेश गरेका थियौं र अहिले उनि कारागारमा रहेका छन् ।’  परिवारजन संग भिन्न भएर बसेको र गरी खाने जमिन नहुँदा आफु विचल्लीमा परेको उनले बताईन ।

एक महिना अघि सुत्केरी भएकी ति महिला तिन सन्तान सहित विचल्लीमा परेको र घरमा खाने कुरा समेत नरहेको त्यहाँका दलित अगुवा वसन्त सुनारले बताए । ‘त्यस अघि दुई सन्तान भई सकेका थिए– उनले भने–‘उनको हत्या भए पछि  श्रीमति र उनका सन्तान विचल्लीमा परेका छन , हामी सवै संग उनको उद्धारका लागि अपिल गर्दछौं । 

आरोपी बिश्वकर्माले त्यस घटनाको केहि दिन अघि मृतकका बावु संग लेनदेनको विषयमा झैगडा गरेको र ज्यान मार्ने धम्की समेत दिएको बताईएको छ । निज बिश्वकर्मा सहित धेरै जाना साथीहरु नयाँ वर्ष मनाउने क्रममा भोज भतेरी गरी अरु सवै जना फर्केको र मिनबहादुर नफर्के पछि खोज्दै जाँदा सेल्लेरी भिरकुना भन्ने स्थानमा मृत फेला परेका थिए ।

उनलाई सहयोग गर्न चाहनु हुने महानुभावहरुले बसन्त सुनारको मोवाईल नम्वर  ९८४७८३८००० मा सम्पर्क राख्न सक्नु हुने छ । तस्वीरः  उक्त स्थानमा मृत फेला परेका उनै मिनबहादुर बिश्वकर्मा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते