२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

एकल महिला सुत्केरी हुँदा विचल्ली

१३ श्रावण २०७५, आईतवार ११:३२

प्रेम सुनार | साउन १३, बुटवल | प्युठानमा एक एकल महिला सुत्केरी हुँदा विचल्लीमा परेकी छन । प्युठानको मालारानी गाउँपालिका वडा नम्वर ६, विजुली रावती गाउँकी कमला बिश्वकर्मा विचल्लीमा परेकी हुन् । उनका श्रीमान ३१ व्र्षिय मिनबहादुर बिश्वकर्माको नयाँ वर्ष मनाएर फर्किने क्रममा गत बैशाख १ गते रहश्यमय रुपमा मृत्यु भएको थियो ।

उनलाई  नजिकको आफ्नै  भाई पर्ने २३ वर्षिय प्रेमबहादुर बिश्वकर्माले हत्या गरी भिरबाट फालेको भन्ने मृतकका  वावु नारायण बिश्वकर्माले किटानी जाहेरी दिए पछि कर्तव्य  ज्यान मुद्धा अदालतमा पेश भई आरोपी बिश्वकर्मा अहिले पुर्पक्षका लागि कारागार चलान गरिएको प्युठनका प्रहरी प्रमुख  राजेन्द्र पोखरेलले जानकारी दिए ।

उनले भने हो, ति महिला त्यति बेला गर्भवती थिईन, श्रीमानको हत्या भएको किटानी जाहेरी दिएपछि हामीले आरोपी  प्रेमबहादुर बिश्वकर्मालाई पक्राउ गरी अदालतमा पेश गरेका थियौं र अहिले उनि कारागारमा रहेका छन् ।’  परिवारजन संग भिन्न भएर बसेको र गरी खाने जमिन नहुँदा आफु विचल्लीमा परेको उनले बताईन ।

एक महिना अघि सुत्केरी भएकी ति महिला तिन सन्तान सहित विचल्लीमा परेको र घरमा खाने कुरा समेत नरहेको त्यहाँका दलित अगुवा वसन्त सुनारले बताए । ‘त्यस अघि दुई सन्तान भई सकेका थिए– उनले भने–‘उनको हत्या भए पछि  श्रीमति र उनका सन्तान विचल्लीमा परेका छन , हामी सवै संग उनको उद्धारका लागि अपिल गर्दछौं । 

आरोपी बिश्वकर्माले त्यस घटनाको केहि दिन अघि मृतकका बावु संग लेनदेनको विषयमा झैगडा गरेको र ज्यान मार्ने धम्की समेत दिएको बताईएको छ । निज बिश्वकर्मा सहित धेरै जाना साथीहरु नयाँ वर्ष मनाउने क्रममा भोज भतेरी गरी अरु सवै जना फर्केको र मिनबहादुर नफर्के पछि खोज्दै जाँदा सेल्लेरी भिरकुना भन्ने स्थानमा मृत फेला परेका थिए ।

उनलाई सहयोग गर्न चाहनु हुने महानुभावहरुले बसन्त सुनारको मोवाईल नम्वर  ९८४७८३८००० मा सम्पर्क राख्न सक्नु हुने छ । तस्वीरः  उक्त स्थानमा मृत फेला परेका उनै मिनबहादुर बिश्वकर्मा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य