२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

इन्द्रेणी द्वारा १७ जनालाई जिविकोपार्जन कोष स्वरुप २ लाख १५ हजार सहयोग

२०७५, १३ श्रावण आईतवार १४:०५

श्याम थापा | साउन १३, सुस्ता | पश्चिम नवलपरासीमा रहेको इन्द्रेणी सामाजिक बिकास मञ्च बर्दघाट नगरपालिका वार्ड न ९ भुताहाले सुस्ता र प्रतापपुर गाउँपालिका गरि १७ जना अतिबिपन्न परिवार भएका ब्यक्तीहरुलाई जिविकोपार्जन कोषको रूपमा २ लाख १५ हजार आर्थिक सहयोग रकम बितरण गरेको छ । 

सुस्ता गाउँपालिकाको वार्ड न १ को कार्यालयमा जिविकोपार्जन सुधारका लागि आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम गरि वडा अध्यक्षहरुको हात बाट वितरण गरिएको हो । 

इन्द्रेणी सामाजिक बिकास मञ्चले एक्सन एड नेपालसंग साझेदारी गरि बिगत १३ बर्ष देखि पश्चिम नवलपरासीको सुस्ता,प्रतापपुर गाउँपालिका,बर्दघाट नगरपालिका र पुर्वी नवलपरासीको बिनयी त्रिबेणि गाउँपालिकाको वार्ड न ६ र ७ मा स्थानीय अधिकार  कार्यक्रम संचालन गर्दै आएको र सो कार्यक्रमले समुदायमा पछाडी परेका अतिबिपन्न,भुमिहिन,सुकुम्बासी जोताहा किसान,महिला तथा बालबालिकाहरुको संगठन निर्माण गरि ती समुदायका ब्यक्तीहरुको  प्राकृतिक स्रोतमा पहुँच वृद्धि गर्ने,विभिन्न निकायहरूमा समावेशी गराउने,महिला हिंसा न्यूनीकरण तथा महिलाहरुको निणार्यक तहमा पहुँच पुराउने,निशुल्क तथा गुणस्तरीय शिक्षाको वातावरण निर्माण गर्ने साथै बिपद सुरक्षित समुदायको निर्माण गर्ने कार्य गरि रहेको इन्द्रेणी सामाजिक बिकास मञ्चका कार्यकारी निर्देशक बद्री प्रसाद सुबेदीले बताउनु भयो । 

स्थानीय  अधिकार कार्यक्रमले  बनाएको संगठनका पदाधिकारीहरुको जिविकोपार्जन सुधारका लागि विभिन्न कार्यक्रमहरु गरेको र उनिहरुले विभिन्न कृषि तथा गैरकृषि व्यसायका लागि भनेर १७ जनालाई जिविकोपार्जन कोषको रूपमा २ लाख १५ हजार आर्थिक सहयोग रकम बितरण गरिएको इन्द्रेणी सामाजिक बिकास मञ्चको स्थानीय अधिकार कार्यक्रमका कार्यक्रम संयोजक बिमल चन्द्र घिमिरेले जानकारी दिनु भयो । 

सुस्ता गाउँपालिका वार्ड न १ अन्तर्गत मल्लाह गाउँ भुमी अधिकार मञ्चका ३ जना,बन्धरी गाउँ भुमी अधिकार मञ्चका ३ जना,सुकुम्बासी गाउँ भुमी अधिकार मञ्चका ३ जना,सुस्ता गाउँपालिका वार्ड न ३ जना अन्तर्गत बिनटोल गाउँ भुमी अधिकार मञ्चका ३,सेखुवाना गाउँ भुमी अधिकार मञ्चका ३ जना छन भने प्रतापपुर गाउँपालिकाको वार्ड न ९ अन्तर्गत कदमहवा गाउँ भुमी अधिकार मञ्चका २ जना रहेको स्थानीय अधिकार कार्यक्रमका कार्यक्रम संयोजक घिमिरेले बताउनु भयो । 

जिविकोपार्जन सुधारका लागि आर्थिक सहयोग रकमको चेक सुस्ता गाउँपालिका वार्ड न १ का अध्यक्ष अशोक कुमार चौधरी र सुस्ता गाउँपालिका वार्ड न ३ का अध्यक्ष राजकुमार चौधरीले वितरण गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी