२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

इन्द्रेणी द्वारा १७ जनालाई जिविकोपार्जन कोष स्वरुप २ लाख १५ हजार सहयोग

१३ श्रावण २०७५, आईतवार १४:०५

श्याम थापा | साउन १३, सुस्ता | पश्चिम नवलपरासीमा रहेको इन्द्रेणी सामाजिक बिकास मञ्च बर्दघाट नगरपालिका वार्ड न ९ भुताहाले सुस्ता र प्रतापपुर गाउँपालिका गरि १७ जना अतिबिपन्न परिवार भएका ब्यक्तीहरुलाई जिविकोपार्जन कोषको रूपमा २ लाख १५ हजार आर्थिक सहयोग रकम बितरण गरेको छ । 

सुस्ता गाउँपालिकाको वार्ड न १ को कार्यालयमा जिविकोपार्जन सुधारका लागि आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम गरि वडा अध्यक्षहरुको हात बाट वितरण गरिएको हो । 

इन्द्रेणी सामाजिक बिकास मञ्चले एक्सन एड नेपालसंग साझेदारी गरि बिगत १३ बर्ष देखि पश्चिम नवलपरासीको सुस्ता,प्रतापपुर गाउँपालिका,बर्दघाट नगरपालिका र पुर्वी नवलपरासीको बिनयी त्रिबेणि गाउँपालिकाको वार्ड न ६ र ७ मा स्थानीय अधिकार  कार्यक्रम संचालन गर्दै आएको र सो कार्यक्रमले समुदायमा पछाडी परेका अतिबिपन्न,भुमिहिन,सुकुम्बासी जोताहा किसान,महिला तथा बालबालिकाहरुको संगठन निर्माण गरि ती समुदायका ब्यक्तीहरुको  प्राकृतिक स्रोतमा पहुँच वृद्धि गर्ने,विभिन्न निकायहरूमा समावेशी गराउने,महिला हिंसा न्यूनीकरण तथा महिलाहरुको निणार्यक तहमा पहुँच पुराउने,निशुल्क तथा गुणस्तरीय शिक्षाको वातावरण निर्माण गर्ने साथै बिपद सुरक्षित समुदायको निर्माण गर्ने कार्य गरि रहेको इन्द्रेणी सामाजिक बिकास मञ्चका कार्यकारी निर्देशक बद्री प्रसाद सुबेदीले बताउनु भयो । 

स्थानीय  अधिकार कार्यक्रमले  बनाएको संगठनका पदाधिकारीहरुको जिविकोपार्जन सुधारका लागि विभिन्न कार्यक्रमहरु गरेको र उनिहरुले विभिन्न कृषि तथा गैरकृषि व्यसायका लागि भनेर १७ जनालाई जिविकोपार्जन कोषको रूपमा २ लाख १५ हजार आर्थिक सहयोग रकम बितरण गरिएको इन्द्रेणी सामाजिक बिकास मञ्चको स्थानीय अधिकार कार्यक्रमका कार्यक्रम संयोजक बिमल चन्द्र घिमिरेले जानकारी दिनु भयो । 

सुस्ता गाउँपालिका वार्ड न १ अन्तर्गत मल्लाह गाउँ भुमी अधिकार मञ्चका ३ जना,बन्धरी गाउँ भुमी अधिकार मञ्चका ३ जना,सुकुम्बासी गाउँ भुमी अधिकार मञ्चका ३ जना,सुस्ता गाउँपालिका वार्ड न ३ जना अन्तर्गत बिनटोल गाउँ भुमी अधिकार मञ्चका ३,सेखुवाना गाउँ भुमी अधिकार मञ्चका ३ जना छन भने प्रतापपुर गाउँपालिकाको वार्ड न ९ अन्तर्गत कदमहवा गाउँ भुमी अधिकार मञ्चका २ जना रहेको स्थानीय अधिकार कार्यक्रमका कार्यक्रम संयोजक घिमिरेले बताउनु भयो । 

जिविकोपार्जन सुधारका लागि आर्थिक सहयोग रकमको चेक सुस्ता गाउँपालिका वार्ड न १ का अध्यक्ष अशोक कुमार चौधरी र सुस्ता गाउँपालिका वार्ड न ३ का अध्यक्ष राजकुमार चौधरीले वितरण गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य