2026-09-15 07:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

चाउचाउँ पकाउने क्रममा जलेर (नेकपा) नेताका छोराको मृत्यु

साउन १३, पर्बत | पर्वतको मोदी गाऊँपालिका– ६ तिलाहारमा चाउचाउँ पकाउने क्रममा जलेर एक बालकको मृत्यु भएको छ ।

साविकको तिलहार गाबिसका पुर्व अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का पर्वत जिल्ला नेता लोकेन्द्रजंग लामिछानेका ११ बर्षिय छोरा एञ्जलजंग लामिछानेको शनिबार मृत्यु भएको हो ।

साउन ६ गते चाउचाउ पकाउन ग्याँस बाल्ने क्रममा शरीरमा आगो सल्किएर गम्भीर घाइते भएका लामिछानेको काठमाडौं किर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । चाउचाउ पकाउन ग्याँस बाल्ने क्रममा खुल्लै छाडेर सलाई खोजेर बाल्ने क्रममा शरीरमा आगो सल्किएको छिमेकीले बताएका छन ।

घाइते भएका बालक लामिछानेलाई उपचारका लागि पोखरा लगिएको थियो भने थप उपचारका लागि जलेको उपचार गर्ने किर्तीपुर अस्पतालमा पु¥याइएको थियो । लामिछाने स्थानिय नवजागृत माबि तिलहारमा ५ कक्षामा अध्ययनरत थिए ।

मृतकका बाबु लोकेन्द्रजंग लामिछाने सोही बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हुन । लामिछानेको निधनमा बिद्यालयले शोक मनाएर एक दिन आइतबार बिद्यालय बन्द गरेको प्रधानाध्यापक बिष्णुप्रसाद सुबेदीले जानकारी दिए । मृतक लामिछाने एक मात्र छोरा हुन । उनका दुई दिदी रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ