2026-09-14 06:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कन्चनपुर: गाउँपालिका जिम्मेवार नभएको भन्दै स्थानीय महिलाद्धारा गाउँपालिका घेराउ

विमल धामी | साउन १३, कञ्चनपुर | कञ्चनपुर जिल्लाको दक्षिण क्षेत्र बेल्डाँडी गाउँपालिका आफैमा जिम्मेवार र जन उत्तरदायी नभएको भन्दै स्थानीय महिलाहरुले आईतवार बेल्डाँडी गाउँपालिका कार्यालय घेराउ गरेका छन् ।

यो गाउँपालिका आफैमा जिम्मेवार नभएको भन्दै जिम्मेवार बन्न गाउँपालिका लाई ज्ञापन पत्र बुझाएको बेल्डाँडीकी अगुवा महिला शान्ती नाथले जानकारी गराउनु भयो । बेल्डाँडी गाउँपालिका बाट विनियोजित रकम हिनामिना भएको र बेल्डाँडी गाउँपालिकाले  छाडा चौपाया ब्यवस्थापन गर्न ठुलो रकम विनियोजन गरे पनि समस्या जस्ताको त्यस्तै रहेको भन्दै छाडा चौपाया ब्यवस्थापन तुरुन्त गर्नुपर्ने माग राखेका थिए । जसको जिम्मा जे हो उसले गम्भिर होईदिनु पर्ने वहाँहरुको धारण थियो ।

बेल्डाँडीकी समाजसेवी सरस्वती शाहीले भने छाडा चौपायाले किसानलाई दिनु दुःख दिएको बताए । यो समस्यामा गाउँपालिका जिम्मेवार र जवाफदेहि हुनुपर्ने कुरा बताउनु भयो ।

ज्ञापन पत्र बुझदै बेल्डाँडी गाउँपालिकाकी उपाध्यक्ष कमला कर्कीले आफुहले ज्ञापन पत्रमा आएको कुराको छानबीन गर्ने र जहाँ बिग्रेको छ त्यहाँ सच्याएर लैजाने बचन धर्नाकारीलाई दिनु भयो । 

बेल्डाँडी गाउँपालिका वडा नं. २ अध्यक्ष प्रेम सिह खातीले भने तपाईहरुका माग जायज भएको भन्दै गाउँपालिकाले उठेको कुरामा गम्भिर हुनुपर्ने कुरा बताउदै यो विषमा गम्भिर छलफल गरिने समेत जनाउनु भयो । यो समस्याको खोजी तुरुन्त गर्ने भने पछि धर्नाकारी आ आफ्नो घर तिर लागेका थिए । गापाका अध्यक्ष र प्रमुख प्रसाशकीय अधिकृत गाउँपालिकाको कामले आइतवार बाहिर रहेको अध्यक्षका सल्लाहकार कृण्ण रोकायाले जानकारी गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ