2026-09-14 06:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङ कारागारको पर्खाल भत्कीयो, कैदि आतंकीत सुरक्षामा कडाई

टेकेन्द्र बोहरा | लगातार दुई-तीन दिनसम्म परेको बर्षाका कारण  जिल्ला कारागारको १५ मिटर घेरवार शनिवार राति  भत्कीदा कारागारमा रहेका कैदि आतकंतिक भएका छन ।

जेल भित्र सुति रहेको अबस्थामा बर्षा संगै जिर्ण भएको कारागारको घेरवार एकासि भत्केपछि जेल भित्र रहेका ५४ जना कैदि बन्दी जेल भित्रै मरिने डरले आतंकति भएका हुन ।

 जेल घर निकै पुरानो छ बर्षा लागे संगै पुरै पानी चुहेर भित्र आउन्छ सुत्ने ठाउँ नभएर आलोपालो गरि  राती सुत्ने गरेका छु राती सुति रहेको अबस्थामा एका एक ठुलो आवाज आयो घरेवार संगै घर भत्कीएर सबैको एकै चिहान हुनेडरले हामी सबै आतिएर गुहार माग्न थालेको ११ बर्ष देखि जेल सजाए भोगी रहेका कैदि भरत रावलले बताए । 

उनले भने राती कारागारमा निकै आतंक भयो बाहिर निकाल बाँचन देउ भनेर नारावाजि समेत भए सुरक्षामा बसेका प्रहरी समेत निकै आतंकित भएका थियौ । झन बाँचियो ।

जिल्ला कारागारको क्षमता २५ जनाको भए पनि दोब्बर भन्दा बढि  ५४ जना  कैदि राखिएका छन । हामीलाई सरकारले मानवले पाउने ब्यबहार नै गरेको छैन । खाने पानी , चर्पि र ढल निकासको समेत  राम्रो ब्यबस्था नभएको कर्तब्य ज्यानको सजाए भागी रहेका अम्मर थापाले बताए ।

उनले भने कदै बन्दिको लागी भनेर निमार्ण गरिएको नयाँ भवनमा हामीलाई सारे पनि राम्रो हन्थ्यो अब घर कुन  भत्की ने हो थाहै छैन ।

शहरी डिभिजन कार्यालय वैतडीले ३ करोड १८ लाखमा सम्झौता गरी बझाङ कारागारको निर्माण  गरेपनी निमार्णको पुरा गरेपछी कैदी बन्दीहरुलाई राख्न सजिलो हुने कारागार शाखाका निमित्त अधिकृत (जेलर) र बोहराले बताए ।

कारागारको भवन २०४० सालमा निमार्ण गरिएको हो निकै जिर्ण भएको छ यसको क्षमता २५ जनाको भए पनि अहिले हामीले बाध्यताले ४३ जना कैदि र ११ जना थुनुवा गरि ५४ जनालाई जेलमा राख्न बाध्य भएको जेलर राजेन्द्र बोहराले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ