२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बलात्कार पछि हत्या गरिएकी बालिकाको परिवारलाई वडा सदस्यले दिए आर्थिक सहयोग

२०७५, १६ श्रावण बुधबार ०३:१५

भास्कर के.सी | साउन १६, कञ्चनपुर | बलात्कार पछि हत्या भएकी बालिकाको परिवारलाई भीमदत्त नगरपालिकाका वडा सदस्यले आर्थिक सहयोग गरेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ बर्षिया निर्मला पन्तको परिवारलाई भीमदत्त नगरपालिका १८ का वडा सदस्य एव न्याय समितिका सदस्य प्रशान्त भट्टले आर्थिक सहयोग गरेका हुन् । भीनपाका न्याय समिति सदस्य भट्टले आफ्नो व्यक्तिगत तर्फबाट नगद ७ हजार ५ सय रुपैया सहयोग गरेका  हुन् ।

मंगलबार मृतक निर्मलाकै घरमा पुगेर भट्टले आमा दुर्गादेवि पन्तलाई उक्त रकम हस्तान्तरण गरेका थिए । रकम हस्तान्तरण गर्दै न्याय समिति सदस्य भट्टले घटना निर्मम दुःखदायी भएको बताउदै पीडित परिवारको न्यायका लागि व्यक्तिगत र सिङ्गो नगरपालिकाका तर्फबाट सहयोग गर्ने बचनबद्धता जाहेर गनुभयो । ‘यो जघन्य अपराधका दोषि कुनैपनि हालतमा उन्मुक्ति पाउँदैनन्, ‘उनले भने, ‘तपाईको न्यायका लागि हामी लड्छौँ चिन्ता नगर्नुहोला ।’


जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार घटनाको सुक्ष्म ढङगबाट तिव्र रुपमा अनुसन्धान भईरहेको छ । सोमबार मृतक निर्मलाका आमाबाबुलाई सिआईबीको टोलीले समेत सोधपुछ गरेको छ ।

घटना भए लगत्तै कञ्चनपुर प्रहरीले दुई युवती सहित तीन युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ तर, नियन्त्रणमा लिएका पाँचै जनाको नाम भने सार्वजनिक गरेको छैन् । घटनाको बिरोधमा तीनदिनसम्म लगातार महेन्द्रनगरमा प्रर्दशन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी