Skip to content
Friday, July 17, 2026 Nepali Online Media

एक हप्ता देखिको कञ्चनपुर दक्षिणी खुल्ला सिमानाको अवरोध खुल्यो

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

विमल धामी | साउन १६, कञ्चनपुर | कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकाको सिमाना बैवाह र भारतको टाटारगंज एक हप्ता भन्दा बढी समय देखि खुल्ला सिमामा अवरोध भएको छ ।

एक हप्ता अगाडी भारतीय तस्कर जंगली बदेलको मासु सहित नेपालको एरियामा पक्राउ परेका थिए । तस्कारलाई रिहा गर्ने भन्दै भारतीयहरुले खुल्ला सिमा अवरोध पुर्याएका थिए ।

यो अवरोध हटाउन बेल्डाँडी गापाका अध्यक्ष धन बहादुर थापा र भारत टाटारगंजका प्रधान कुल्बन्द सिहको अगुवाईमा बुधबार ३१ नं. पिल्लर नजिक दुबै पक्षको बैठक बसी भाईचारा सम्वन्ध कायमै राख्ने समझदारी भएको छ । अवरोध कुनै पक्षबाट पनि नहुन दिन दुवै देशका नागरिकहरुको लिखित सम्झौता समेत भएको अध्यक्षका सल्लाहकार कृष्ण कुमार रोकायाले जनाकारी गराउनु भयो । स्थानीय नागरिकहरुले भने सिमा अवरोध ठुलो कुरो होईन दोषिले उन्मुक्ती कुनै पनि हालतमा नपाउनु पर्ने बताए । भारतीय तस्करहरुले नेपालको शुक्लाफाँटा निकञ्जमा प्रवेश गरि जंगली जनावार सखाप पारेको स्थानीयहरुको आरोप छ ।