2026-09-14 06:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरको बेलौरीमा दुई मोटरसाइकल जुधे

साउन १६, कञ्चनपुर | कञ्चनपुरको बेलौरी नगरपालिका ८ कलकत्ता पानीटंकी नजिक मोटरसाइकल दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । 

बुधबार दिउँसो बेलौरी बजार देखि भुडातर्फ सवार से ३ प ७६१४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको से २ प १५७३ नम्बरको मोटरसाइकल एकापसमा दुर्घटना ग्रस्त भएको थियो ।

घाइते हुनेमा से ३ प ७६१४ नम्बरको मोटरसाइकलका चालक बेलौरी १० भुडा बस्ने वर्ष २० का साधन चौधरीको मुखमा र टाउकोमा गम्भीर चोट लागेको छ । उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । सोही मोटरसाइकलमा सवार वर्ष २२ का तारा चन्द मध्यम घाइते भएका छन् । उनीहरु दुवैलाई कोहलपुर रेफर गरिएको छ । 

त्यस्तै से २ प १५७३ नम्बरको मोटरसाइकलका चालक बेल्डाँडी गाउँपालिका ३ खैरघाटका सुरेन्द्र मगर सामान्य घाइते भएका छन् । उनको थप उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी लगिएको छ । 

सोही मोटरसाइकलमा सवार वर्ष २१ का बीर बहादुर मगर र दुवै मोटरसाइकल इलाका प्रहरी कार्यालय बेलौरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ