२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

ढुङ्गाले लाग्दा परिक्षा दिन हिंडेका छात्राको मृत्यु

२०७५, १६ श्रावण बुधबार १७:३५

नन्द बहादुर रोकाया | साउन १६, मुगु | मुगुको सोरु गाँउपालिका-८ कच्चे गाँउमा रहेको रारा माध्यमिक बिद्यालयमा प्रबेश परिक्षा दिन हिंडेका एक छात्राको माथिबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको छ ।

साउन १९ गते संचालन हुने सब ओभसियरको प्रवेश परिक्षा दिन जार्दै गर्दा छाँयानाथ रारा नगरपालिका—८ दिपबहादुर बिष्टका १८ बर्षका छोरी सरला बिष्ट बिद्यालय जाँदै गर्दा माथिबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको हो । १९ गते संचालन हुने सब ओभसियर प्रबेस परिक्षा दिन घरबाट ५ घण्टा टाढाको रारा माध्यमिक बिद्यालयमा आज बिहान १० बजे खान खाएर साथीसंग हिडेका छात्रा बिष्टलाई गमगढी गिलाह सडक खण्ड अन्तर्गत छाँयानाथ रारा नगरपालिका—३ फुलिगाँउ नजिकको पाङ्ग्रे रुख भन्ने स्थानमा माथिबाट खसेको ढुङ्गालागेर मृत्यु भएको मृतकका आफन्तले बताएका छन ।

माथिबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको खबर प्रहरीलाई जानकारी आउँदा बित्तिकै प्रहरी घट्ना स्थलमा पुगेको छ । टाउकोमा ढुङ्गा लागेर मृतक बिष्टको लास १ सय मिटर तल खसेको र लासलाई पोष्टमार्टमका लागी जिल्ला अस्पतालमा ल्याउनका लागी प्रहरी र मृतकका आफन्त घटना स्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भिम किरण बोकटीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते