खोटाङका डिएसपी सिन्धुली सरुवा

Posted on: 01 Aug, 2018

चिसाङ शेर्पा | साउन १६, खोटाङ | जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले बुधबार ९५ जना प्रहरी नायब उपरीक्षक मध्येमा डिएसपी थापालाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा सरुवा गराएको हो ।

डिएसपी थापाको स्थानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालय प्रहरी माहाशाखा टंगालमा कार्यरत डिएसपी राज कुमार के.सी. आउने भएका छन् ।

तश्विरमा: डिएसपी लोकदर्शन थापा  ।


तस्विर स्रोत: डिएसपी थापाको फेसबुकबाट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!