Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको चिसापानी जग्गा प्रकरणमा कर्मचारीलाई स्पष्टीकरण

२०७५, १७ श्रावण बिहीबार ०८:१२

साउन १७, नवलपरासी | पश्चिम नवलपरासीको बर्दघाट–२ चिसापानीमा राष्ट्रिय आवास कम्पनीको नाममा रहेको जग्गा बिक्रीका लागि गरिएको बोलपत्र प्रक्रियामा अनियमितता भएको आशंकामा कर्मचारीलाई स्पष्टीकरण सोधिएको छ । 

सो प्रक्रियामा अनियमितता भएको आशंकामा राष्ट्रिय आवास कम्पनी लिमिटेड केन्द्रीय कार्यालय काठमाडौँले राष्ट्रिय आवास कम्पनी योजना कार्यालय बर्दघाटका कार्यालय प्रमुखसहित अन्य कर्मचारीलाई केन्द्रीय कार्यालयले स्पष्टीकरण सोधेको हो । 

योजना कार्यालय प्रमुख महेन्द्र थापा, लेखा शाखाका प्रमुख बेनी सागर अधिकारीलाई स्पष्टीकरण सोधिएको राष्ट्रिय आवास कम्पनीका महाप्रबन्धक दूतबहादुर गुरुङले जानकारी दिनुभयो । 

जिल्लास्थित कम्पनीको योजना कार्यालय बर्दघाटका कर्मचारी र अन्य सरोकारवालाको मिलेमतोमा बर्दघाट–२ (साबिक माकर–२ ग) चिसापानीमा कित्ता नं १३१० को करीब तीन बिघा एक कट्ठा जग्गा सस्तो मूल्यमा बिक्री गर्न खोजिएको थियो । 

आवश्यकताअनुसार थप अनुसन्धान गरी दोषी पाइएमा कर्मचारीलाई कारवाही गरिने महाप्रबन्धक गुरुङको भनाइ छ । कूल आठ बिघा दुई कट्ठा १२ धुर जग्गामध्ये सुकुम्वासी, अस्पताल र क्याम्पसलाई जग्गा छुट्याएर बाँकी रहेको करीब तीन बिघा एक कट्ठा जग्गालाई घडेरीका रुपमा बिक्री गर्न कम्पनीले बोलपत्र आह्वान गरेको थियो । 

टेण्डर प्रक्रियाबारे स्थानीयवासीले पारदर्शी नभएको जनाउँदै विरोध जनाएपछि राष्ट्रिय आवास कम्पनी लिमिटेडले सो बोलपत्रहरु अस्वीकृत गरेको थियो । 

करोडौं मूल्य पर्ने जग्गालाई नक्कली कागज पत्र तयार पारी कौडीको भाउमा बिक्री गर्न खोजिएको जनाउदै स्थानीयवासीले राष्ट्रिय आवास कम्पनी योजना शाखा बर्दघाटनमा दुई साताअघि देखि तालाबन्दी गरेका थिए । 

यद्यपि बर्दघाट नगरपालिकाको क्षेत्राधिकारभित्र पर्ने जग्गा बिक्री गर्दा स्थानीय तहसँग कुनै समन्वय नै नगरी अनियमितता गर्न खोजिएको बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले बताउनुभयो । 

राष्ट्रिय आवास कम्पनीले सो स्थानमा कूल ५२ वटा प्लटका लागि छुट्टाछुट्टै टेण्डर आह्वान गरिएको देखाएर नक्कली कागजात बनाएर एकलौटी रुपमा तिमिल्सिना ट्रेडर्स प्रा.लि.ले सबैजसो टेण्डर हाल्न लगाइएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ