Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

महाकाली नदीमा बगेर एक युवक बेपत्ता

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>लोकेन्द्र प्रसाद जोशी | साउन १७, दार्चुला । दार्चुला जिल्लाको ब्यास गाउँपालिका वडा नम्बर १ बुदिमा महाकाली नदी तर्नेक्रममा एक युवक बगेर बेपत्ता भएको छ ।&nbsp;<br></p><p>बेपत्ता हुनेमा ब्यास गाउँपालिका वडा नम्बर २ स्याँकु बस्ने नन्दु धामीको छोरा अन्दाजी १८ बर्षिय रबि धामी&nbsp; रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।</p><p>बिहिबार बिहान ८ बजेतिर बुदिबाट महाकाली तरेर भारत जाने क्रममा धामी नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाउँनेबित्तिकै प्रहरी चौकी सितापुलबाट प्रहरी टोली घटनास्थल गएर खोजी कार्य भइरहेको जिल्ला प्रहरी प्रमुख डिएसपी नबराज अधिकारीले जानकारी दिनुभयो ।&nbsp;</p>