2026-09-15 07:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँमा ७८८ नयाँ उद्योग

साउन १८, तनहुँ | आर्थिक वर्ष २०७४÷७५ मा घरेलु तथा साना उद्योग विकास कार्यालय दमौलीमा ७८८ नयाँ उद्योग दर्ता भएका छन् । 

उक्त कार्यालयले दिएको जानकारी अनुसार ५९३ साना उद्योग, १४६ लघु उद्योग र ४९ घरेलु उद्योग दर्ता भएका हुन् । आव २०७३÷७४ मा लघु उद्योग दर्ता करमा छुट भएका कारण बढी उद्योग दर्ता भएको सो कार्यालयले जनाएको छ । आव २०७३÷७४ मा ८६२ उद्योग दर्ता भएका थिए । 

आव २०७३÷७४ मा उक्त कार्यालयले रु ५६ लाख चार हजार तथा आव २०७४÷७५ मा रु ५३ लाख ४५ हजार राजश्व संकलन गरेको थियो । उद्योग नवीकरण, नामसारी, ठाउँसारी, पूँजीवृद्धि, खारेजीलगायत शीर्षकमा राजश्व संकलन गरिएको हो । 

रु एक लाखको उद्योग दर्ताका लागि रु एक हजार, रु एक लाखदेखि रु तीन लाखसम्मको उद्योग दर्ताका लागि रु तीन हजार, रु तीन लाखदेखि रु पाँच लाखसम्मको उद्योग दर्ताका लागि रु ६ हजार, रु पाँच लाखदेखि रु २० लाखसम्मको उद्योग दर्ताका लागि रु १२ हजार, रु २० लाखदेखि रु एक करोडसम्मको उद्योग दर्ताका लागि रु २० हजार, रु एक करोडदेखि रु पाँच करोडसम्मको उद्योग दर्ताका लागि रु ३० हजार तथा रु पाँच करोडभन्दा बढी लगानी भएको उद्योग दर्ताका लागि रु ५० हजार शुल्क लाग्ने कार्यालयकी खरिदार मेनका जमरकट्टेलले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ