2026-09-13 04:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

टेलिफोनको टावर माग्दै गाउँपालिका अध्यक्ष

साउन १८, जाजरकोट | सञ्चार सुविधाबाट वञ्चित बारेकोट गाउँपालिकाको तीन ठाउँमा नेपाल टेलिकम नमस्ते मोबाइलको टावर माग गर्दै गाउँपालिका अध्यक्ष काठमाडौँ पुगेका छन् । 

सञ्चारको भरपर्दो सुविधा नभएको बारेकोट गाउँपालिकाको काप्ती, सेरी र नायकबाडामा टावर निर्माणमा ध्यान दिन आग्रह गर्दै गाउँपालिकाका अध्यक्ष महेन्द्र शाह टेलिकमको केन्द्रीय कार्यालय पुगेका हुन् । 

केही वर्षयता सञ्चार अभावले सास्ती झेल्दै आएका सेवाग्राहीले टावर निर्माणपछि नमस्ते मोबाइल सेवाको गुणस्तरीय सेवा उपभोग सहजरुपमा पाउनुपर्ने भन्दै केन्द्रीय कार्यालय पुगेको अध्यक्ष शाहले बताउनुभयो । तीन स्थानमा टावर स्थापना गर्न एस्टर नेपाल प्रालिले ठेक्का लिएर सामग्री ढुवानी शुरु भएको नेपाल टेलिकमका प्रबन्धक अनन्तमान सिंहले जानकारी दिनुभयो । 

उहाँका अनुसार नायकबाडाको रतनकोटमा हाल सञ्चालनमा रहेको स्काइ मोबाइल सेवाको गुणस्तरलाई समेत अभिवृद्धि गरिनेछ । नयाँ निर्माण हुने टावर असोजदेखि सञ्चालनमा आउने छ । साविकको चार गाविसको बारेकोटमा सञ्चार सुविधाको नाममा रतनकोटमा रहेको एकमात्र स्काइ मोबाइलको टावरमा बारम्बार खराबी आइरहँदा सेवाग्राही मर्कामा छन् । घाम लाग्दा नेटवर्क आउने र बादल लाग्दा जाने समस्याले आजित भएका बारेकोटका सेवाग्राहीले यी टावर बनेपछि राहत पाउने गाउँपालिकाका अध्यक्ष शाहले बताउनुभयो । 

बारेकोटमा सञ्चार सुविधा पुर्याउन यसअघि सञ्चार मन्त्रालय, नेपाल टेलिकमलगायतका निकायमा बारम्बार ताकेता गरे पनि सुनुवाइ नभएको गुनासो छ । “अब ढिलै भए पनि बारेकोटका बासिन्दाले भरपर्दो सञ्चार सेवा तथा डाटा प्रयोग गर्न पाउने आशा छ”, उहाँले भन्नुभयो । बारेकोटमा टेलिकमको तीन वटा टावर निर्माण गर्ने हालका वनमन्त्री शक्तिबहादुर बस्नेतको चुनावी नारासमेत थियो । चुनावी नारा पूरा हुन थालेपछि स्थानीय बासिन्दा खुशी भएका छन् । जिल्लाका अन्य ठाउँमा टेलिफोन टावर विस्तार गर्न स्थानीयको माग छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले