साउन १८, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मुख्य सडकमा एक पुरुष मृत फेला परेका छन् । वीरगन्ज महानगरपालिका- ३ छपकैया आदर्शटोल घर भएका ४० वर्षीय सुनिलाल साह कानु मृत भेटिएका हुन् ।
वीरगन्ज महानगरपालिका-२ छपकैयास्थित प्रहरी बिट नजिकै सडक पेटीमा शुक्रबार बिहान साहको शव भेटिएको थियो ।
खाली पेटमा अत्याधिक मादक पदार्थ सेवा गरी रातभरी सडक पेटिमै सुतेकोले उनको मृत्यु भएको हुन सक्ने प्रहरीको आशंका छ ।
मृतकको साथमा घरेलु मदिरा राखिएका २ वटा खाली बोत्तलहरुसमेत फेला परेको प्रहरीले जनाएको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!