२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

सिक्दै गरेको ट्याक्सी नदीमा खस्दा आमाछोरा बेपत्ता

१८ श्रावण २०७५, शुक्रबार ११:१४

साउन १८, म्याग्दी | म्याग्दीको बेनीमा सिक्दै गरेको ट्याक्सी आज नदीमा खस्दा दुई बेपत्ता भएका छन् । 

बेनीस्थित जिल्ला प्रहरी कार्यालयको पछाडिको बहुद्देश्यीय खेल मैदानबाट ध १ ज २५१ नं को ट्याक्सी म्याग्दी नदीमा खस्दा जलजला गाउँपालिका बगरफाँटकी ३० वर्षीया शोभा अधिकारी खाती र उहाँका आठ वर्षीय छोरा सागर बेपत्ता भएको प्रहरीले जनाएको छ । 

अधिकारीले छोरालाई सँगै राखेर ट्याक्सी सिक्ने क्रममा खेल मैदानको डिलबाट नदीमा खसेर बेपत्ता भएको प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले बताउनुभयो । बेपत्ता ट्याक्सी र अधिकारी आमाछोराको खोजीमा प्रहरी तथा स्थानीय बासिन्दा परिचालन भए पनि अझै नभेटिएको प्रहरी नायब उपरीक्षक बुढाले बताउनुभयो । 

नदीले बगाएको ट्याक्सी बेनी ड्राइभिङ इन्ष्टिच्यूटको हो । इन्ष्टिच्यूटका सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की