पढ्न करिब 1 मिनेट लाग्छ

साउन १८, म्याग्दी | म्याग्दीको बेनीमा सिक्दै गरेको ट्याक्सी आज नदीमा खस्दा दुई बेपत्ता भएका छन् ।

बेनीस्थित जिल्ला प्रहरी कार्यालयको पछाडिको बहुद्देश्यीय खेल मैदानबाट ध १ ज २५१ नं को ट्याक्सी म्याग्दी नदीमा खस्दा जलजला गाउँपालिका बगरफाँटकी ३० वर्षीया शोभा अधिकारी खाती र उहाँका आठ वर्षीय छोरा सागर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

अधिकारीले छोरालाई सँगै राखेर ट्याक्सी सिक्ने क्रममा खेल मैदानको डिलबाट नदीमा खसेर बेपत्ता भएको प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले बताउनुभयो । बेपत्ता ट्याक्सी र अधिकारी आमाछोराको खोजीमा प्रहरी तथा स्थानीय बासिन्दा परिचालन भए पनि अझै नभेटिएको प्रहरी नायब उपरीक्षक बुढाले बताउनुभयो ।

नदीले बगाएको ट्याक्सी बेनी ड्राइभिङ इन्ष्टिच्यूटको हो । इन्ष्टिच्यूटका सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । रासस