२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

थामखर्क विमानस्थल कालोपत्र भएन

१८ श्रावण २०७५, शुक्रबार ११:१६

साउन १८, खोटाङ | गत असारमै म्याद सकिए पनि खोटेहाङ गाउँपालिका–४ बड्कादियालेस्थित थामखर्क विमानस्थलको कालोपत्र गर्ने काम सकिएको छैन । 

ठेकेदार कम्पनी रौता कन्ट्रक्सनले २०७३ देखि कालोपत्र गर्ने कार्य शुरु गरेको थियो । म्याद सकिएको एक महिना पुग्न लाग्दासमेत कालोपत्र सम्पन्न भएको छैन । हालसम्म ७५ प्रतिशत मात्र काम सकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर रत्न श्रेष्ठले जानकारी दिनुभयो । 

निर्माण कम्पनीको ढिलासुस्तीका कारण विमानस्थल कालोपत्रको काम समयमै सम्पन्न हुन नसकेको हो । यस वर्ष छिटो वर्षा शुरु भएकाले असार मसान्तअघि कालोपत्र गर्न नसकिएको इन्जिनियर श्रेष्ठले बताउनुभयो । गत असार मसान्तसम्ममा काम सम्पन्न गर्नेगरी रु नौ करोड २५ लाख २९ हजार लागतमा विमानस्थल कालोपत्रको काम थालिएको हो । विसं २०७४ माघमा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको पहलमा प्राधिकरणको कार्यालयमा ठेकेदारकै उपस्थितिमा विमानस्थल निर्माणको कार्यतालिका बनाइएको थियो । 

कार्यतालिका अनुसार ठेकेदारले गत जेठमा कंक्रिटको काम तथा असार मसान्तभित्रमा सबै काम सम्पन्न गरेर प्राधिकरणलाई जिम्मा लगाउने लिखित प्रतिबद्धता गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो