२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सूचनाको हकबारे पत्रकारलाई प्रशिक्षण

१८ श्रावण २०७५, शुक्रबार १२:२१

साउन १८, इटहरी | राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी अधिकारका विषयमा जिल्ला तहमा प्रशिक्षक प्रशिक्षण उत्पादन गर्ने उद्देश्यले आयोजित दुई दिने प्रशिक्षण तालीम आजबाट यहाँ प्रारम्भ भएको छ । 

पूर्वी नेपालको झापा मोरङ सुनसरी र धनकुटा जिल्लाको नेपाल पत्रकार महासंघका जिल्ला सभापति एवं अन्य सञ्चारकर्र्मीसहित उक्त प्रशिक्षक प्रशिक्षण तालीममा ३५ जना सञ्चारकर्मीको सहभागिता रहेको छ । 

तालीममा सहभागी भएका सञ्चारकर्मीलाई जिम्मेवार पत्रकारिताको माध्यमबाट आम नेपाली जनतालाई सूचनाको हकसम्बन्धी संविधानबाट प्राप्त अधिकार सुनिश्चित गराउन भूमिका खेल्ने विषयमा ज्ञान एवं दक्षता प्रदान गरिने छ । 

राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले तालीमको शुभारम्भ गर्दै संविधानले प्रत्याभूत गरेका नागरिकको सूचनाको हकका विषयमा व्यवस्था गरेको अधिकार उपभोग गर्न पाउने अधिकारको सुनिश्चितताका लागि सञ्चारकर्मीले इमान्दारीपूर्वक ज्ञानसहित कार्यक्षेत्रमा सक्रियता बढाउनु पर्ने बताउनु 

भयो । 

प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सहभागी सञ्चारकर्मीलाई आयोगका सूचना आयुक्त किरण पोख्रेल, एशोदा तिम्सिना र आयोजक सचिव मणिराम ओझा तथा केदार रायमाझीले सहजीकरण गरी राष्ट्रिय सूचना आयोगले अघि सारेको सूचनाको हकसम्बन्धी नागरिक अधिकारलाई जनताका माझमा पुर्याउनु पर्ने दायित्वबोधको ज्ञान दिने कार्यक्रम रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य