२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

पासाङल्हामु राजमार्ग सञ्चालन

२०७५, १८ श्रावण शुक्रबार १३:०८

साउन १८, नुवाकोट | चार दिनदेखि अवरुद्ध पासाङल्हामु राजमार्ग आज साँझबाट सञ्चालनमा आएको छ । 

पासाङल्हामु राजमार्गको त्रिशूली बेत्रावती खण्डको विदुर नपा–१० तिरतिरेमा गएको पहिरोले चार दिनसम्म अवरुद्ध सडकको पहिरो हटाएपछि आज साँझबाट सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । सडक गत मंगलबार बिहान पहिरो गएपछि अवरुद्ध भएको थियो । पहिरोको कारण रसुवा र राजधानी काठमाडौँ बीचको सडकयात्रा रोकिँदा सयौँ यात्रुले सास्ती झेल्नु परेको थियो । 

सडक खुलेपछि पहिरोको कारण रोकिएका सयौँ सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । वैकल्पिक सडक त्रिशूली–तुप्चे–मनकामना–पैरेबेसी सडकको मनकामनामा पहिरोका कारण सडक अवरुद्ध भएकाले कारण वैकल्पिक सडकसमेत सञ्चालन नहुँदा सयौँ सवारीसाधन नुवाकोटमा रोकिएको थियो । 

राजधानी जाने क्रममा चार दिनदेखि पहिरोको कारण नुवाकोटमा रोकिएका रसुवा काँग्रेसका नेता लामाकार्पु तामाङले त्रिदेशीय राजमार्ग भएकाले यस्ता पहिरोको सम्भावित जोखिमस्थलहरुलाई सुरक्षित बनाउन ध्यान दिनुपर्ने र पहिरो गएमा तत्काल हटाउनुपर्ने विचार व्यक्त गर्नुभयो । 

तिरतिरेको पहिरोका कारण विदुर नपा–१० गैरीखर्कका ५० घर जोखिममा परेकाले बस्ती जोगाउन पहिरोलाई दीर्घकालीन रुपमा रोक्ने उपाय वडाध्यक्ष गणेशकुमार नेपालले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते