2026-09-28 07:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

गर्भवती महिलाले स्वास्थ्य चौकीमा १० वटा अण्डा पाउने

साउन १९, तेह्रथुम | स्थानीय म्याङलुङ नगरपालिका–९ वडा कार्यालयले गर्भवती महिलालाई प्रोत्साहनस्वरुप अण्डा (फुल) वितरण गर्न थालेको छ । गर्भवती हुँदा महिलाको हेरचाहमा ध्यान पुर्याउन तथा नियमित गर्भपरीक्षणका लागि सन्देश प्रवाह गर्ने ध्येयले वडा कार्यालयले यस्तो कार्यक्रम ल्याएको हो । 

स्वास्थ्य चौकीमा गर्भ जाँच गर्न आउने महिलालाई प्रतेक पटक १० वटाका दरले अण्डा प्रदान गर्ने कार्यक्रम राखिएको वडाध्यक्ष राजेन्द्र तामाङले बताउनुभयो । यो कार्यक्रमले गर्भवती महिलालाई नियमित स्वास्थ्य परीक्षण गराउन र स्वास्थ्यको ख्याल गर्न प्रोत्साहन मिल्ने उहाँको भनाइ थियो । 

एक गर्भवती महिलाले अनिवार्य चार पटकसम्म गर्भ जाँच गराउनुपर्छ । चार पटक गर्भ जाँच गराउने गर्भवतीले ४० वटा अण्डा पाउने महिला वडा सदस्य हर्कमाया श्रेष्ठले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह