२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा वर्षदिनमा १०१ जनाको मृत्यु, आत्महत्या गर्नेको संख्या धेरै

१९ श्रावण २०७५, शनिबार ०६:५०

चिसाङ शेर्पा | साउन÷१९ खोटाङ | खोटाङमा आर्थिक वर्ष २०७४÷०७५ मा १ सय १ जनाको मृत्यु भएको छ । ५७ जना पुरुष, ३९ जना महिला, २ जना नावालक र ३ नावालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा झुण्डिएर ३९ जना, कर्तब्य ज्यानमा ४ जना, विषादी सेवनमा १४ जना, भवितब्यमा ३८ जना, सवारी दुर्घट्नामा ४ जना र अन्य २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दिक्तेलले जानकारी दिएको छ ।  

जिल्ला प्रहरी कार्यालय दिक्तेलका अनुसार आर्थिक वर्ष २०७४÷०७५ मै ६७ वटा मुद्दा फछ्र्यौट भएको छ । कूल १ सय ६२ मुद्दा मध्ये विपक्षी खुलेका उक्त संख्याको मुद्दा फछ्र्यौट भएको हो । विपक्षी नखुलेका ९५ वटा मुद्दा पेण्डिङमा रहेको छ ।

वर्षदिनमा प्रहरीले तीनवटा कर्तब्य ज्यान मुद्दामा तीनै जनालाई पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखेको छ । प्रहरीले केही सार्वजनिक अपराधका २१ वटा घट्नमा संलग्न २१ जना र ज्यान मार्ने उधोगको ९ वटा घट्नमा संलग्न ८ जनालाई पक्राउ गरेको थियो । ज्यान मार्ने उधोगको फरार एकजनाको खोजी भईरहेको बताइएको छ । 

जर्बजस्ती करणी उधोगमा ४ वटा घट्नामा ३ जना पक्राउ, एकको खोजी, हात हतियार ओसारपसार तीनवटा घट्नामा संलग्न ४ जना, जर्बजस्ती करणीका ८ घट्नामा ७ जना, खोटा चलन (नक्कली नोट छाप्ने) एकवटा घट्नामा २ जना पक्राउ परेका थिए । यस्तै, साना चोरीका ५ घट्नामा ५ जना पक्राउ, बहुविवाहको तीनवटा घट्नामा १ जना पक्राउ, सवारी ज्यान ४ वटा घट्नामा ४ जना पक्राउ, अपहरण तथा शरीर बन्धकमा १ जना, मानव बेचबिखनमा १ जना, कालोबजारी १ जना र नागरिकता किर्ते घट्नमा संलग्न ५ जनालाई पक्राउ गरिएको थियो । पक्राउ गरी मुद्दा चलाइएको अभियुक्तहरु केही पुर्पक्षका लागि थुनामा र केही रिहाई भइसकेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो