Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

समाज सेवामा युवाहरु

By साझासवाल 3 मिनेट पढाइ

भास्कर के.सी | साउन १९, कञ्चनपुर | दिन प्रतिदिन युवाहरुमा नैराश्यता र डिप्रेशनका कारण अनेक प्रकारका घटना र नशाको शिकार हुदैं गई रहेको अवस्थामा कञ्चनपुरका केही युवाहरु समाजिक कार्य गर्दै वृद्ध आमा बुवाको सेवामा गएका छन् ।

विश्वास फिल्मस डान्स एण्ड एक्टिङ सेन्टर काठमाण्डौँले कञ्चनपुरको एक बृद्धसेवा केन्द्रमा कपडाका साथै फलफुल वितरण गरेको छ ।

विश्वास फिल्मस डान्स एण्ड एक्टिङ सेन्टर काठमाण्डौँले शनिबार भीमदत्त नगरपालिका–५ बनखेतमा रहेको महिला तथा बृद्धसेवा केन्द्रमा कपडाका साथै फलफुल वितरण गरेको हो । विश्वास फिल्मस डान्स एण्ड एक्टिङ सेन्टर काठमाण्डौँका निर्देशक आकास बोहरा र उनका साथीहरुले समाजिक सेवा गर्ने उदेश्यका साथ असाहयलाई फलफुल एवं कपडा वितरण गरेको बताए । उनका अनुसार उनीहरुलाई दोसल्ला ओढाउदै फलफुल वितरण गरेका हुन् ।

आश्रमका वृद्ध आमा बुवाले यसरी फलफुल तथा दोसल्ला वितरण गरिरहदाँ बोहरा लगायत उनको टिमलाई आशिर्वाद दिई रहेका थिए । उनले आगामी दिनमा समेत असायह नागरिकलाई सेवा गर्ने बताए ।